मंगलबार, साउन १९, २०८३

गायक मुरलीधर राप्रपामा प्रवेश

गायक तथा अभिनेता मुरलीधर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्। गायक मुरलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार केन्द्रीय कार्यालयमा पार्टी प्रवेश गराएका छन्।
 |  आइतबार, असोज २, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २, २०७९

काठमाडौं– गायक तथा अभिनेता मुरलीधर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्। गायक मुरलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार केन्द्रीय कार्यालयमा पार्टी प्रवेश गराएका छन्।

मुरलीधर सिरहाको क्षेत्र नम्बर २ वा ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार समेत बन्ने भएका छन्। २०४० र ५० दशकमा निकै लोकप्रिय गायक मुरलीधरका ‘उडायो सपना सबै हुरीले, निष्ठुरीलाई माया गरी आफैंलाई रोगी बनाएँ, पहाडको पल्लो डाँडामा छ सानो गाउँ गीत निकै लोकप्रिय छन्। 

उदितनारायण झासँग उनले गाएको ‘आमैले भन्थे धाराको पानी’ पनि लोकप्रिय गीत हो। लोकलयमा आधारित गीत पनि उनले गाएका छन्। उनी केही नेपाली फिल्मको पार्श्वगायनमा पनि चर्चित छन्। पछिल्लो समय राष्ट्रिय राजनीतिमा पनि उनी चासो राख्थे।

प्रकाशित: Sep 18, 2022| 17:45 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...