बुधबार, फागुन २०, २०८२

नामिवियाले उपहार दिएका आठ चितुवा भारत आइपुगे

नामिबियाको राजधानी विन्डहोकको उत्तरमा रहेको गेम पार्कबाट बोइङ ७४७ को चार्टर्ड विमानबाट ११ घण्टाको उडानमार्फत पाँच पोथी र तीन भाले चितुवालाई ल्याइएको हो।
 |  शनिबार, असोज १, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १, २०७९

नयाँ दिल्ली- स्थानीय रूपमा लोप भएको करिब ७० बर्षपछि चितुवा (चिता) शनिबार भारत आइपुगेका छन्।

नामिबियाको राजधानी विन्डहोकको उत्तरमा रहेको गेम पार्कबाट बोइङ ७४७ को चार्टर्ड विमानबाट ११ घण्टाको उडानमार्फत पाँच पोथी र तीन भाले चितुवालाई ल्याइएको हो।

एशिया महादेशको इरानमा मात्र पाइने भनिएको यो चितुवाको प्रजातीलाई पुनः भारतीय भूमिमा परिचय गराउने महत्वाकांक्षी परियोजनालाई लिएर विशेषज्ञहरूबीच यसको सफलताको सम्भावनाबारे विभाजित मत देखिएको छ। 

अधिकारीहरूका अनुसार यो परियोजना विश्वको पहिलो अन्तर महादेशीय स्थानान्तरण हो। यो पृथ्वीको सबैभन्दा तीव्र गतिको वन्यजन्तु हो।

नयाँ दिल्लीबाट ३२० किलोमिटर दक्षिणमा रहेको र प्रचुर मात्रामा सिकार र घाँसे मैदानका लागि प्रख्यात वन्यजन्तु आरक्ष, कुनो राष्ट्रिय निकुञ्जमा यिनीहरूलाई राखिनेछ। 

kumari

दुईदेखि साढे पाँच वर्षउमेरसमूहका प्रत्येक जनावरलाई उनीहरूको गतिविधि निगरानी गर्न ‘स्याटेलाइट कलर’ जडान गरिएको छ। उनीहरूलाई सुरुमा करिब एक महिना क्वारेन्टिनमा राखिनेछ र त्यसपछि निकुञ्जको खुला वन क्षेत्रमा छाडिनेछ।

आलोचकहरूले यी जीवहरूलाई भारतीय वासस्थानसँग घुलमिल हुन संघर्ष गर्नु पर्र्नसक्ने चेतावनी दिएका छन्।

प्रकाशित: Sep 17, 2022| 23:20 शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।