बिहीबार, असार ४, २०८३

शेखर समूहले माग्यो सम्मानजनक सिट

संस्थापन पक्षले शेखर–गगन समूहका मान्छे जहाँ छन्, त्यहाँ गठबन्धनका नाममा अन्य दललाई टिकट दिने आशंका रहेको बैठकको निष्कर्ष।
 |  शनिबार, असोज १, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १, २०७९

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठकले आगामी ४ मंसिरको चुनावमा सम्मानजनक सिट पाउनुपर्ने अडान लिएको छ। शनिबार काठमाडौंको ठमेलस्थित एक होटलमा बसेको नेता शेखर कोइराला समूहको बैठकमा सहभागीले यस्तो माग गरेका हुन्।

National life

आउँदो चुनावको रणनीति तय गर्न बैठक बसेको हो। बैठकमा सहभागी नेताहरूले कांग्रेसले जित्न सक्ने क्षेत्र अन्य पार्टीलाई दिइए गठबन्धन असफल हुने बताए।

बैठकमा सहभागी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले शेखर–गगन समूहका मान्छे जहाँ छन्, त्यहाँ गठबन्धनका नाममा अन्य दललाई टिकट दिने आशंका रहेको दाबी गरे। 

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरूका माग सम्बोधन नगरे आउँदो चुनावमा रुखमा बाहेक अन्य चिह्नमा भोट नदिने निर्णयसमेत हुन सक्ने बैठकमा सहभागीले केही नेताले बताए।

बैठकमा शेखर समूहका पदाधिकारी, केन्द्रीय सदस्य, सोही समूहबाट पदाधिकारीमा पराजित, प्रदेशसभापतिलगायत उपस्थित छन्। बैठकमा सहभागी विकास लामा र तेजुलाल चौधरीले शेरबहादुर देउवाले न्याय नगर्ने दाबी गर्दै आफ्नो समूहले ४० प्रतिशत भाग लिनुपर्ने माग गरे।

Shivam cement

प्रकाशित: Sep 17, 2022| 12:40 शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...