मंगलबार, साउन १९, २०८३

प्रतिनिधिसभाको अन्तिम बैठक बस्दै

२०७४ मा निर्वाचित सांसदको अन्तिम संसद् बैठक शनिबार बस्न लागेको हो।
 |  शनिबार, असोज १, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १, २०७९

काठमाडौं– शनिबार मध्यराती १२ बजेदेखि कार्यकाल सकिने प्रतिनिधिसभाको बैठक बस्दै छ।  २०७४ मा निर्वाचित सांसदको अन्तिम संसद् बैठक शनिबार बस्न लागेको हो। दिउँसो १ बजे बस्ने भनिएको बैठकको हालसम्म कुनै कार्यसूची तोकिएको छैन। 

शुक्रबारको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको कार्यकालको जारी अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरिसकेको छ। 

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनको बन्दसूची पेस गर्ने कार्यतालिका २–३ असोजमा रहेकाले १ असोजसम्म कार्यकाल मानेर सदनमा पछिल्लो बैठकमा बोल्ने सांसदले बिदाइ सम्बोधन गरेका थिए।

प्रकाशित: Sep 17, 2022| 11:43 शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...