मंगलबार, मंसिर २, २०८२

नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पुलिस क्लबलाई

नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण विभागीय टोली नेपाल पुलिस क्लबले हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिसले स्वर्ण जितेको हो।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं- नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण विभागीय टोली नेपाल पुलिस क्लबले हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिसले स्वर्ण जितेको हो।

National life

त्रिभुवन आर्मी क्लबले दिएको १२४ रनको लक्ष्य पुलिसले ६ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गरेको हो। पुलिसका लागि कुशल भुर्तेलले १९ बलमा ३ चौका र ६ छक्काको मद्दतले ५१ रनको अर्धशतकीय ईनिङ खेले। सुनिल धमलाले १७ बलमा २ चौका र ४ छक्काको मद्दतले ४२ रन बनाए।

आर्मीका लागि जितेन्द्र मुखिया र सुसन भारीले समान १/१ विकेट लिए। त्यसअघि पहिला ब्याटिङ गरेको आर्मीले ८ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो। वर्षाको कारण खेल ८ ओभरमा झारिएको थियो।

पुलिसका लागि ललित राजवंशी तथा गुल्सन झाले समान २/२ तथा कप्तान दीपेन्द्र सिंह ऐरी र रशिद खानले समान १/१ विकेट लिए।

यस जितसँगै पुलिसले आर्मीसँग समूह चरणमा व्यहोरेको हारको बदला लिएको छ। पुलिसले नवौंमा पहिलो स्वर्ण समेत जितेको छ।

Laxmi sunrise bank
kumari

फाइनल गुमाएपछि आर्मीले भने रजत पदकमा चित्त बुझाएको छ।

प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले कास्य पदक जितेको छ। गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ। तर, पुरुष क्रिकेट भने अगाडि नै आयोजना भएको हो।

प्रतियोगितामा तीन विभागिय, सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागी हुनेछन्। 

प्रकाशित: Sep 16, 2022| 18:13 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।