शुक्रबार, साउन १, २०८३

म सबै भन्दा महान हु : जोसे मोउरिन्हो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी–म्यान्चेस्टर युनाइटेडका प्रबन्धक जोसे मोउरिन्होले विश्वका सबै प्रबन्धक मध्य आफु महान भएको दाबि गरेका छन् । इंग्लिस प्रिमियर लिग नजिते पनि आफु सधै महान रहने उनले दाबी गरेका हुन् । युनाइटेडले आफ्नो पहिलो तीन खेल मध्यबाट दुई खेल गुमाईसकेको छ । 

१९९२–९३ को लिग सिजन पछिको यो युनाइटेडको सबैभन्दा खराब सुरुवात हो । स्पेन, इटाली तथा इंग्ल्यान्ड क्लबसँग काम गरिसकेका ५५ बर्षीय मोउरिन्होले पछिल्लो बर्षको उपलब्धि पनि सबै भन्दा ठुलो उपलब्धि मध्य एक भएको समेत बताएका छन् ।

मोउरिन्होले भने, ‘म दुनियाको सबै भन्दा महान क्लब मध्य एक हुँ साथसाथै एक महान प्रबन्धक पनि हुँ ।’ प्रिमियर लिग युनाईटेडले नजिते कसरि महान प्रबन्धक बन्ने भन्ने प्रश्नमा उनले भने, ‘१३ प्रिमियर लिग सहित २० इंग्लिस शिर्ष प्रतिस्पर्धा जितेको छु ।’ 

मोउरिन्होले सोमबार टोटनह्यामसँग आफ्नो घरेलु मैदानमा ३–० ले पराजित भएपछि आलोचित भएका थिए । आलोचित पछि उनले पत्रकारसँग सम्मानको माग गरेका थिए । यो युनाइटेडको घरेलु मैदानमा उनको करियरको सबैभन्दा भारी हार थियो । आलोचित पछि उनले संकेत गर्दै भने ‘तीन इंग्लिस प्रिमियर लिग उपाधि चेल्सीमा रहदाँ जितेको थिए ।’ उनले भने, ‘पछिल्लो सिजन मलाई ठुलो सफलता मिल्यो । सायद यहि सफलता हो जो तपाई स्वीकार गर्न चाहनु हुँदैन् ।’

उनले थपे, ‘दुई सिजन पहिले हामीसँग एक सानदार सिजन थियो । किनकी हामीले युरोपा लिग जितेका थियौ । हामीले यो जित्यौ किनकी यो हाम्रो स्तार थियो । हामी युरोपियन प्रतियोगिता जित्ने इंग्ल्यान्डमा पछिल्लो टिम हौ ।’ माउरिन्होले आठ उपाधि जितेका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।