शुक्रबार, साउन १, २०८३

साफमा सहभागी फुटबलरले पाँच लाख पाउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिप टोलीका सबै खेलाडीलाई साफ च्याम्पियनसिप जिते जनही पाँच लाख रुपैयाँ दिने घोषणा गरेको छ । 

नेपाली टोली साफ च्याम्पियनसिपमा सहभागिता जनाउन आजै (आइतबार) त्यसतर्फ प्रस्थान गर्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित बिदाइ कार्यक्रममा उपाधि जिते ५-५ लाख रुपैयाँ दिने घोषणा गरिएको हो ।

नेपालले प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानसँग १९ भदौमा बंगबन्धु स्टेडियममा खेल्नेछ । त्यसपछि नेपालले २१ भदौमा भुटानको तथा २३ भदौमा आयोजक बंगलादेशको सामना गर्नेछ । नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलभन्दा अघि बढ्न सकेको छैन ।

हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । खेलाडीहरुमा किरण चेम्जोङ, विकेश कुथु, एलेन न्यौपाने, दीनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द, सुमन अर्याल, हेमन्त थापामगर, हेमन गुरुङ, विशाल रार्ई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का, भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, अन्जन विष्ट रहेका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।