काठमाडौं–मलेसियामा जारी एसिया कप छनोट क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । आइतबार भएको खेलमा सिंगापुरलाई ४ विकेटले पराजित गर्दै नेपालले दोस्रो जित हात पारेको हो । टस जितेर व्याटिङ जोजेको सिंगापुरले ४२ औ ओभरमा सबै विकेट गुमाउदै १ सय ५१ रन मात्र बनाएको थियो ।
सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको नेपाले २८.१ ओभरमा छ विमेट गुमाउदै सो लक्ष्य भेट्टाएको हो । नेपालका लागि ओपनर अनिल साहले ४३ रन जोडे । उनले ३२ बलमा पाँच चौका र दुई छक्काको मदतमा ४३ रन जोडेका हुन् । त्यपछि मध्यक्रमका व्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले ३३, उपकप्तान ज्ञानेन्द्र मल्लले २९, सुवास खकुरेल र सागर पुनले समान १४–१४ तथा कप्तान पारस खड्काले ११ रन जोडे ।
यसअघि सिंगापुरका लागि चेतन रामचन्द्रले सर्वाधिक ६०, अनिस पराम ३१ र कार्थिकेयान सुब्रमन्निमले २० रन जोड्न बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेन । नेपालका ललित राजवंशी र सन्दिप लामिछानेले समान ३–३ विकेट लिए । सोमपाल कामीको नाममा एक विकेट रह्यो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४