काठमाडौं- एसिया कप छनोट क्रिकेटको चौथो खेलमा सिंगापुरले नेपालसामु १ सय ५२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर सुरुवाती व्याटिङ गरेको सिंगापुरले ४२ औ ओभरमा अलआउट हुदै १ सय ५१ रन मात्र बनाउन सक्यो ।
सिंगापुरका लागि चेतन रामचन्द्रले सर्वाधिक ६० रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहेन । नेपालका ललित राजवंशी र सन्दिप लामिछानेले समान ३(३ विकेट लिए । सोमपाल कामीको नाममा एक विकेट रह्यो ।
एसिया कपमा छनोट हुने सम्भावना जिवितै राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । नेपाल ३ खेलको समाप्तिमा मात्र २ अंक जोडेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४