शुक्रबार, चैत १३, २०८२

साविकको बंगबन्धु गोल्डकप विजेता नेपाली समूह ‘ए’ म

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- बंगलादेशमा अर्को महिना आयोजना हुने बंगबन्धु गोल्डकपमा नेपाली राष्ट्रिय फुटबल टोलील समूह एमा परेको छ । बंगलादेश फुटबल संघले शनिबार ६ टोलीको सहभागिता रहने प्रतियोगिताको ड्र गर्दा साविको विजेता समेत रहेको नेपाल समूह एमा परेको हो । 

यससँगै नेपाली टोलीले लगातार दुई महिनामा दुई ठूला प्रतियोगिता खेल्ने भएको छ । बुधबार देखि सुरु हुने साफ च्याम्पियनसिप पछि नेपाली टोलीले बंगबन्धु गोल्ड कपको उपाधि रक्षाका लागि खेल्नेछ ।

नेपालको समूहमा प्यालेस्टाइन र ताजकिस्तान रहेका छन् । असोज १५ देखि बंगलादेशको ढाकामा सुरु हुने प्रतियोगिताको समूह बी आयोजक बंगलादेश, फिलिपिन्स र लाओस रहेका छन् । सन् २०१६ मा भएको पछिल्लो संस्करणमा बहराइनलाई ३–० ले हराउँदै नेपालले उपाधि जितेको थियो । फाइनलमा नवयुग श्रेष्ठ, विमल घर्तीमगर र विशाल राईले गोल गरेका थिए ।

१९९३ मा दक्षिण एसियाली खेलकुद (साफ) मा स्वर्ण पदक जितेपछि को त्यो सबै भन्दा ठूलो उपलब्धी थियो । साफमा स्वर्ण पदक जित्दा टोलीको सदस्य रहेका बालगोपाल महर्जन बंगबन्धु जित्दाका प्रशिक्षक थिए । बंगलादेशमै बुधबारदेखि साफ च्याम्पियनसिप सुरु हुँदैछ । त्यसका लागि नेपाली टोली आइतबार बंगलादेश यात्रामा निस्कदैछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।