बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • बीआरआई कार्यान्वयनमा चीनको जोड, नेपालले उठायो नाका खुलाउने विषय

बीआरआई कार्यान्वयनमा चीनको जोड, नेपालले उठायो नाका खुलाउने विषय

'चिनियाँ नेता लीले प्रधानमन्त्रीसँग तिब्बतमा कोभिड–१९ को संक्रमण नियन्त्रण गरेपछि छिट्टै सीमा नाकाहरु पुनः खुला गर्ने र नेपालमा आगामी चाडपर्वका लागि ल्याइएको सामान बोकेका कन्टेनरहरू आवतजावत गर्न सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ,' विज्ञप्तिमा भनिएको छ।
 |  मंगलबार, भदौ २८, २०७९

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

मंगलबार, भदौ २८, २०७९

काठमाडौं- चारदिने नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसको स्थायी कमिटी अध्यक्ष ली जान्सुले मंगलबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन्। सभामुख अग्‍निप्रसाद सापकोटाको निमन्त्रणामा चीनमा तेस्रो वरियताका नेता ली सोमबार काठमाडौं ओर्लिएका हुन्। उनले सोमबार नै सभामुख अग्‍निप्रसाद सापकोटासँग द्विपक्षीय भेटवार्ता गरेका थिए। भेटवार्तासँगै दुई मुलुकबीच अन्तर-संसदीय सहयोगसम्बन्धी ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरिएको हो। 

triton college

चिनियाँ नेता लीले मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री डा. नारायण खड्का र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। 

उक्त भेटवार्तामा चीनले सन् २०१७ मा सम्झौता भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनलाई अघि बढाउनुपर्नेमा जोड गरेको थियो। त्यसैगरी नेपालले भने सीमा नाकामा भएको अवरोध खुला गर्ने विषयलाई प्राथमिकताका साथ उठाएको थियो। 

नेपाल र चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'नेपाल र चिनियाँ प्रतिनिधिमण्डलबीच  द्विपक्षीय व्यापार, लगानी, यातायात तथा व्यापार आबद्धता, चीनमा अध्ययनरत नेपाली विद्यार्थीलाई चीन जान दिने, हवाई उडान र सीमा नाका खुला गर्नेलगायतका विषयमा छलफल भएको छ।' 

चिनियाँ पक्षले भने नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धताको प्रशंसा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'चीनले नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धता र नेपाल भूमिलाई चिनियाँ हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धताको प्रशंसा गरेका छन्। 

corrent noodles
Metro Mart

लीले बीआरआई उठाउँदा देउवाले सम्झिए सीमा नाका खुलाउने विषय 
चिनियाँ नेता लिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार अपारन्ह प्रधानमन्त्री शेरबहादुर देउवासँग द्विपक्षीय भेटवार्ता गरेका छन्। उक्त भेटका क्रममा द्विपक्षीय सम्बन्धको सबलीकरणको विषयमा कुराकानी भएको बताइएको छ। द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय छलफलमा सहभागी एक नेताले भने, 'द्विपक्षीय सम्बन्धको सबलीकरणको विषयमा कुरा भएको छ र यसलाई थप सुदृढ बनाउने विषयमा दुवै पक्ष सहमत भएका छन्।' 

प्रकाशित: Sep 13, 2022| 22:18 मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्