लेसवोन-पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले अन्तराष्ट्रिय खेलमा विश्राम लिएका छन् । उनले सेप्टेम्वर र अक्टोवरमा हुने दुई अन्तराष्ट्रिय मैत्रिपुर्ण खेलमा विश्राम लिएका हुन् । उनीसँगै विश्वकप टिमका नौं जना अन्य खेलाडीलाई पनि प्रशिक्षक फेर्नान्डो सान्टोसले विश्रामा दिएका छन् ।
पाँच पटकको विश्व प्लेयर अफ दि इयर रोनाल्डोका लागि यो सामान्य कदम हो । जो पोर्चुगलका सबैभन्दा उत्कृष्ट र अल–टाइम रेकर्डर हुन् । त्यसैले पनि होला सायद मैत्रिपुर्ण खेलमा उनलाई उनका अन्य राष्ट्रका साथिले पनि सम्झिन्छन् ।
‘खेलाडीसँगको छलफल पछि यस्तो निर्णय गरेका हौ । जब उनी अनुकुल सबै प्रतिक्रियाका साथ युभेन्ट्स पुगे तब हामीले सम्झिसकेका थियौ की उनका लागि यी मैत्रिपुर्ण खेलमा उपस्थिती हुनु त्यती महत्वपुर्ण थिएन्’ सान्टोसले भने ।
३३ बर्षीय रोनाल्डो जुलाइमा रियल मड्रिडबाट युभेन्ट्स पुगेका थिए । विश्वकपको शिर्ष १६ मा उरुग्वेसँग पराजित हुदै बाहिरिएको पोर्चुगल सेप्टेम्बर ७ तारिखमा विश्वकप उपविजेता राष्ट्र क्रोएसियासँग मैत्रिपुर्ण खेल खेल्दै छ । त्यसपछि पोर्चुगलले अक्टोवर १४ तारिखमा स्कटल्यानडसँग दोस्रो मैत्रिपुर्ण खेल खेल्दै छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४