काठमाडौं-एभिएम स्कुलका सुजन गडालले हरेराम जोशी स्मृती अन्तर स्कुल टेबल टेनिस च्याम्पियनसिपमा स्वर्ण पदक हात पारेका छन् ।
उनले ब्वाईज यु—१६ तर्फ पुष्पसदनका आभाष चापागाईलाई पराजित गर्दै स्वर्ण पदक हात पारेका हुन् । त्यस्तै रजत पदक पुष्पसदनका आभाष चापागाइले हात पार्दा कास्य पदक एभिएमकै रोविन महर्जन र बिशाल गोले हत पारे ।
विजयी खेलाडीहरुलाई नेपाल टेबल टेनिस संघका उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक धर्ममान बज्राचार्यले ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरे ।
उक्त प्रतियोगितामा एभिएम लगातार लगातार तीन बर्ष जित निकाल्दै ट्रफी उचाल्न सफल भयो । २०७३ र २०७४ सालमा पनि एभिएम टिमनै विजय भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४