शुक्रबार, साउन १, २०८३

दृष्टिविहीन क्रिकेटको उपाधी शिखरलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत-कर्णाली प्रदेशमै पहिलो पटक सुर्खेतमा आयोजना गरिएको दृष्टिविहीनहरुको उपाधि शिखर मावि रामघाटको पोल्टामा परेको छ । टस जितेर पहिले ब्याटिङ्ग गरेको शिखर माविले बागेश्वरी मावि राकमलाई १३ रनले हराएको उपाधि चुमेको हो । 

शिखरले ५ ओभरमा दुई विकेट गुमाएर ४१ रन बनाउन सफल भयो । ४२ रनको लक्ष्य पछ्याएको बागेश्वरीले ५ ओभरमा ६ विकेट गुमाएर २९ रनमा समेटिन पुग्यो ।
 
प्रतियोगितामा प्रथम भएसँगै शिखरले नगद ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छभने उपविजेता राकमले नगद ३ हजारसहित टर्फी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिता पाईनियर वहुउद्देश्यीय सहकारी संस्थाको १५ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको संस्थाका युवा तथा खेलकुद उपसमिती संयोजक रमेश तुलाधरले जानकारी दिए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।