बिहीबार, वैशाख २०, २०८१

पुटिनलाई भेटेर किन नेपाल आउँदैछन् चिनियाँ सभामुख?

रुसी समकक्षी भ्याचेसलाभ भोलोदिनको निमन्त्रणामा ७ सेप्टेम्बर रुस पुगेका चिनियाँ नेता लिले रुसी राष्ट्रपति भलादिमिर पुटिनसहितका नेताहरुसँग भेटवार्ता गरेका थिए।
 |  आइतबार, भदौ २६, २०७९

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

आइतबार, भदौ २६, २०७९

काठमाडौं- चीनको तेस्रो वरीयतामा रहेका नेता ली जान्सु सोमबार काठमाडौं ओर्लिने भएका छन्। सभामुख अग्‍निप्रसाद सापकोटाको निमन्त्रणामा चीनको नेसनल पिपल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष ली नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। 

triton college

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको भ्रमण गरेयता काठमाडौं ओर्लिने उनी सबैभन्दा वरिष्ठ चिनियाँ अधिकारी हुन्। चीनको संविधानअनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङपछि ली दोस्रो वरियताका नेता हुन् । तर सीपीसी पार्टीको विधान अनुसार राष्ट्रपति सी, त्यसपछि प्रधानमन्त्री ली खछ्याङ र त्यसपछि तेस्रो वरीयतामा ली पर्छन्। सन् २०२२ को मार्च अन्तिम साता चिनियाँ विदेशमन्त्री वाङ यी र जुलाईको मध्यमा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका नवनियुक्त प्रमुख लिउ जियान्चाओले नेपाल भ्रमण गरेका थिए। 

नेपालसहित चार देशको भ्रमणका लागि उनी ७ सेप्टेम्बरमा बेइजिङबाट उडेका थिए। ७-१० सेप्टेम्बरमा रुस भ्रमण गरेका चिनियाँ नेता लिले १०-१२ सम्म मंगोलिया भ्रमण गर्नेछन्। १२ सेप्टेम्बरमा काठमाडौं ओर्लिने लीले १५-१७ सम्म दक्षिण कोरिया जाने कार्यतालिका रहेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

रुसी समकक्षी भ्याचेसलाभ भोलोदिनको निमन्त्रणामा ७ सेप्टेम्बर रुस पुगेका चिनियाँ नेता लिले रुसी राष्ट्रपति भलादिमिर पुटिनसहितका नेताहरुसँग भेटवार्ता गरेका थिए। पुटिनसँगको भेटका क्रममा चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनको 'रणनीतिक मार्गदर्शन र व्यक्तिगत प्रयास' र चीन-रुसबीचको बृहत् रणनीतिक साझेदारीको समन्वयले नयाँ युगको विकासले बलियो गति कायम गरेको बताएका थिए। दुई देशबीचको राजनीतिक आपसी विश्वास, रणनीतिक समन्वय र व्यावहारिक सहयोग अभूतपूर्व स्तरमा पुगेको भन्दै छिमेकी राष्ट्रहरूबीच असल मित्रता र विन-विन नीतिले सम्बन्ध बलियो भएको पनि बताएका थिए। 

रुसी समकक्षी भ्याचेसलाभ भोलोदिनको निमन्त्रणामा ७ सेप्टेम्बर रुस पुगेका चिनियाँ नेता लिले रुसी राष्ट्रपति भलादिमिर पुटिनसहितका नेताहरुसँग भेटवार्ता गरेका थिए।

कोरोना महामारीपछि पहिलो पटक विदेश भ्रमणमा निस्किएका लिको रुस भ्रमणलाई पश्‍चिमा राष्ट्रहरुले भने नजिकबाट नियाली रहेका छन्। युक्रेनमाथि आक्रमण गरिरहेको रुसमा भएको चिनियाँ तेस्रो वरीयताका नेता लिको भ्रमणलाई रुसलाई गरिएको समर्थनको रुपमा व्याख्या गरेका छन्। 

corrent noodles
Metro Mart

१० सेप्टेम्बरमा रुसको भ्रमण सकेर लि मंगोलिया भ्रमणमा निस्किएका हुन्। मंगोलियाका सभामुखको निम्तोमा त्यहाँ पुगेका उनले सभामुख खुरालजी जानडानस्हाटारसहित राष्ट्रपति यू खुरेलसुख र प्रधानमन्त्री एल.ओयून-इर्देनसँग पनि भेटवार्ता गरेको मंगोलियाको सरकारी सञ्‍चारमाध्यम मोन्टसेम डट एमएनले जनाएको छ। 

किन आउँदैछन् नेपाल? 
मंगोलिया भ्रमण सकेर चिनियाँ नेता लि सोमबार अपरान्ह नेपाल ओर्लिने भएका छन्। प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको तयारी रहेको नेपालमा हुन लागेकव उनको भ्रमणलाई नेपालमा हालैका महिनाहरूमा बढिरहेको अमेरिकी चासोसँग जोडेर हेर्न थालिएको छ। 

नेपाल इन्स्टिच्यूट फर इन्टरनेश्‍नल कोअपरेशन एन्ड इन्गेजमेन्टका अनुसन्धान निर्देशक प्रमोद जयसवालले बेइजिङको शीर्ष नेता लिको भ्रमणलाई पछिल्लो समय नेपालमा बढ्दो अमेरिकी चासोसँग जोडेर हेर्नुपर्ने बताउँछन्। उनले भने,' चिनियाँहरुकै इन्टरेस्टमा यो भ्रमण हुन लागेकोजस्तो देखिन्छ। अहिले अमेरिकाबाट पनि नेपालको नियमित भ्रमण भइरहेको समयमा त्यसलाई नजिकबाट नियालीरहेको चीनले आफैं उपस्थित भएर यहाँको गतिविधिबारे जानकारी लिन चाहेकोजस्तो देखिन्छ।' 

अहिलेको भेटका क्रममा पनि बीआरआईको विषयमा पनि कुरा हुनसक्ने बताइएको छ। तर, नेपाल सरकारले छलफलका एजेण्डाबारे भने केही बोलेको छैन। 

चीन र अमेरिकाबीच बढ्दो प्रतिद्वन्द्वी प्रतिस्पर्धामा फसेको समयमा बेइजिङको कूटनीतिक प्राथमिकता आफ्ना छिमेकीहरूसँगको सम्बन्धलाई थप सुधार गर्न रणनीति अन्तर्गत चिनियाँ शीर्ष नेताको भ्रमण भइरहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। साउथ चाइना मर्निङ पोस्टमा भनिएको छ, 'बेइजिङले नेपालीलाई सडक र उर्जा क्षेत्रको सुधारका लागि ५० करोड डलरको अमेरिकी अनुदान सहायतालाई रोक्‍ने प्रयास गरेपछि नेपालसँगको सम्बन्धमा चिसोपना आएको थियो। नेपाललाई आफू साथमै रहेको  विश्‍वास दिलाउनका लागि चीनले प्रयास गरिरहेको छ। तर, काठमाडौंले जुनमा वासिङ्टनसँगको सुरक्षा साझेदारी खारेज गरेपछि भने बेइजिङले 'प्रशंसा' गरेको थियो। 

त्यसैगरी पश्‍चिमा राष्ट्र र विशेष गरी अमेरिकाले तिब्बत र ताइवान मामिलामा आक्रामक नीति लिएपछि चीनले छिमेकी मुलुकमा त्यसको प्रभावबारे बुझ्‍न र त्यहाँको संसद्‌बाट कुनै पनि यस्ता कानुनहरु अघि बढ्न नहुने कुराको सुनिश्‍चिताबारे खोजी गर्दै उनको भ्रमण हुन लागेको हो। भूराजनीति मामिलामा विद्यावारिधि गरेका रूपक सापकोटा यो भ्रमणले दुई मुलुकको संसद् र संसदीय व्यवस्थासँग सहकार्य गर्न सहयोग गर्ने ठान्छन्। उनले भने, ‘नेपालले विभिन्न मुलुकसँग संसद्–संसद् नीति/निर्माणमा विचारहरू आदान–प्रदान गर्दै आइरहेको छ, यो पनि त्यसैको निरन्तरता हो।'

चीनले नेपाललाई पछिल्लो समय महत्त्वपूर्ण प्राथमिकता राखेका कारण लीको भ्रमण हुन लागेको भूराजनीतिक जानकार चन्द्रदेव भट्ट बताउँछन्। ‘चिनियाँ विदेशमन्त्री, पार्टीको विदेश विभाग प्रमुख र अहिले सभामुखको भ्रमण हुन लागेको अवस्थाले के स्पष्ट पार्छ भने चीनले पछिल्लो समय नेपाललाई अलग किसिमले प्राथमिकतामा राखेको छ भन्‍ने बुझ्‍नुपर्छ,’ उनले भने। 

उनले नेपालमा चीनको मुख्य चासो सुरक्षा संवेदनशीलता हुने गरेको भए पनि अब रणनीतिक चासो बढ्दै गएको र सम्बन्ध सुधारमा लागेको बताए। उनले भने, 'विगतमा नेपालमा चीनविरुद्ध तिब्बती आन्दोलन नहोस् भन्‍ने थियो भने अहिले तिब्बत अथवा ताइवान मामिलामा अमेरिकी अभिव्यक्तिको नेपालले खण्डन गरोस् भन्‍ने चाहन्छन्।' 

यसअघि अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणका क्रममा पनि काठमाडौंस्थिति चिनियाँ राजदू होउ यान्छीले नेपाल बोलिदिनुपर्छ भन्दै अपिल गरेकी थिइन्। त्यसपछि नेपाल सरकारले पनि नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको कुरा दोहोर्‍याएको थियो। यसअघि परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणका क्रममा समकक्षीसँगको छलफलमा पनि एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहोर्‍याएका थिए। 

प्रकाशित: Sep 11, 2022| 22:39 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...