सोमबार, असार १, २०८३

पशुपतिमा पितृको सम्झना [तस्बिरहरू]

आज आइतबारबाट सोह्रश्राद्ध शुरु भएको छ।
 |  आइतबार, भदौ २६, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, भदौ २६, २०७९

काठमाडौं– आज आइतबारबाट सोह्रश्राद्ध शुरु भएको छ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु हुन्छ। आजबाट काठमाडौं उपत्यकाका पशुपतिनाथ, गोकर्णेश्वर आदि मन्दिर नजिकका नदी किनारमा श्राद्ध गर्नेहरुको घुइँचो लाग्छ।

National life

तनहुँ र चितवनको देवघाटधाम, म्याग्दीको गलेश्वर, बराहक्षेत्र, रुरु क्षेत्र लगायतका पावन भूमिमा पनि श्राद्ध गर्नेहरुको भीड हुन्छ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिधा दान र पिण्डदान गरिन्छ। यो समय पितृहरुले आश गरेर बसेको हुने भएकोले पनि पितृलाई पिण्डदान र तर्पण दिने गरिन्छ। श्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुने र पितृऋणबाट पनि मुक्त मिल्ने कथन छ।

पितृ पक्ष सकिएलगत्तै बडादसैं सुरु हुन्छ। 


Shivam cement







प्रकाशित: Sep 11, 2022| 13:44 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।