काठमाडौं–एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ । नेपालले घरेलु टोली मलेसियालाई १९ रनले पराजित गर्दै छनोटमा पहिलो जित निकालेको हो । मलेसियामाथिको जितसँगै नेपालले छनोटको फाइनल पुग्ने सम्भावना जीवितै राखेको छ ।
नेपालले दिएको १ सय ८९ रनको लक्ष्य मलेसियाले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १ सय ६९ रनमात्र बनाउन सक्यो । मलेसियाका लागि मोहम्मद अनवरले ३४, सैद अजिज मुवारकले ३४, अहमेद फैज नुरले २२ रन जोड्दा भिरनदीपसिंह २१ रनमा आउट भए ।
मोहम्मद रम्लीले १३ रन बनाए । सरभिन मुनियान्डीले १० रन जोडे । नेपालका बसन्त रेग्मीले ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए । सागर पुन र दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट लिए ।
यसअघि बायोमास ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ३० ओभरमा ७ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो ।
मध्यम शुरुवात गरेको नेपालको इनिङ्स मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले सम्हालेका थिए । उनीहरुले छैटौ विकेटको लागि १ सय १ रनको साझेदारी गरेका थिए । दीपेन्द्र ५४ रनमा आउट भए । आरिफ ६४ रनमा नटआउट रहे । ४ बल खेलका आरिफले ५ चौका र दुई छक्काको मद्दतमा ६४ रन बनाए ।
ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए । अनिल कुमार साह १६ तथा र कप्तान पारस खड्का १३ रनमा आउट हसदा अन्य ब्याट्सम्यानले दोहोरा अंक छुन सकेन । नेपाल यसअघि ओमान र युएईंसँग पराजित भएको छ । अब नेपालले आइतबार सिंगापुरसँग खेल्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४