शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मध्यपुरथिमिमा शनिबार राति जिब्रो छेड्ने जात्रा मनाइँदै

मध्यपुरथिमिमा शनिबार राति जिब्रो छेड्ने जात्रा मनाइँदै

येँया अर्थात् इन्द्रजात्राको अवसरमा आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुरथिमिको दिगुली टोलमा पनि जिब्रो छेडेर जात्रा मनाइन्छ भन्ने कमैलाई मात्रै थाहा होला।
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

भक्तपुर- ‘जिब्रो छेड्ने जात्रा’ भन्नेबित्तिकै हामी झट्ट बिस्केट जात्राको अवसरमा वैशाख २ गते मध्यपुरथिमिस्थित बोडेमा मनाइने जात्रा भन्ने सम्झन्छौँ। येँया अर्थात् इन्द्रजात्राको अवसरमा आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुरथिमिको दिगुली टोलमा पनि जिब्रो छेडेर जात्रा मनाइन्छ भन्ने कमैलाई मात्रै थाहा होला। 

National life

स्थानीयले मनाउने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा) आज राति थिमिमा भव्यरूपमा मनाउन जात्राको तयारी पूरा भएको छ। 

शनिबार राति ८ बजेपछि मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठ दोस्रोपटक जिब्रो छेड्ने भएपछि यसको सबै तयारी पूरा गरेको स्थानीय संस्कृतकर्मी अर्जुन श्रेष्ठ बताउनुहुन्छ। धेरै वर्षसम्म अर्थाभावका कारण पटक–पटक रोकिँदै आएको यो जात्रा विसं २०५३, २०५९ र २०६३ मा पनि सञ्चालन भएको थियो। त्यसपछि रोकिएको जात्रा २०७४ मा स्थानीय तहका निर्वाचन जनप्रतिनिधिले बजेट व्यवस्थापन गर्दै जात्रा पुनःसञ्चालनमा ल्याएको थियो।

वीरेन्द्रभक्तले विसं २०७४ मा जिब्रो छेडाएपछि २०७५ मा बालकराम नानीचा श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए। त्यसपछि यस वर्ष शनिबार राति यो जात्रा हुने भएको हो। 

परम्पराअनुसार वीरेन्द्रभक्तले मूल नकर्मी रामभक्त नकर्मीलाई जिब्रो छेड्ने नातु (सुइरो) बनाउन सम्ये बजीसहितको पूजा दिएर आग्रह गरेपछि तीन साताअघि नकर्मीले जिब्रो छेड्ने सुइरो तयार गरी शुद्ध तोरीको तेलमा डुबाएर राखेको १० इन्च लामो सुइरोले जिब्रो छेडिने भएको हो। 

संस्कृतकर्मी श्रेष्ठका अनुसार जात्राको आठ दिन अगाडि बालकुमारी मन्दिरमा ११ वटा किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग चढाउँदै रातोभालेको बलि दिएर बालकुमारीको साधना गरी द्यः दुसालेगु अर्थात् देवता भित्र्याउने प्रचलन सम्पन्न भएको छ। 

जात्राको एक दिनअघि ‘छोइलभु’ हुन्छ। रातो भालेको बलिसहित पूजा गरी भोज खुवाइन्छ। येँया पुन्ही अर्थात् पूर्णिमामा दुता नं (जामा) लगाएर बिहानै बालकुमारीमा पूजा गरिन्छ। 

जिब्रो छेड्ने मान्छे दिनभरि निराहार बस्छन्। कसैसँग बोल्न पनि हुँदैन। बालकुमारीबाट पूजा गरेर आएपछि अर्ध चन्द्रमा आकारको महादिप (भ्ये) बनाइन्छ। बेलुकी बालकुमारीदेखि दिगुभैरवसम्मका मन्दिरमा परिक्रमा हुन्छ र बत्ती दिइन्छ। 

उनले इन्द्र जात्राको दिन हनुमान ढोकाबाट नाइके (नायः पमा) श्यामकाजी श्रेष्ठले द्योँ ला तरबार अर्थात् जुजुको छिँ ल्याएर सिद्धिकाली मन्दिरबाट बाजागाजाका साथ नगर परिक्रमा गराई घरमा भित्र्ययाएको बताए। उनलर् भने, 'हनुमान ढोकाबाट ल्याउने राज खड्गलाई जुजुको छिँ अर्थात् राजाको उपस्थिति मानेर त्यसलाई डबलीमा राखेर जिब्रो छेड्ने गरिन्छ, यो परम्परालाई स्वयं राजा वा राष्ट्र प्रमुखको उपस्थितिमा मानिनेर परम्परा जात्रा सञ्चालनका क्रममा अहिले पनि रहेको छ।'लित तवनेगु अर्थात विसर्जन पूजा हुन्छ। यो दिन ‘नातु पूजा’ भनेर जिब्रो छेडेको नातु (सुइरो) लाई बालकुमारी मन्दिरभित्र ठोकिन्छ। यो परम्परा कहिलेबाट सुरु भयो भन्ने लिखित अभिलेख छैन। मन्दिर परिसरमा ठोकेको सुइरोको प्रकृति हेर्दा ३५० वर्षभन्दा अघिबाटै जिब्रो छेडिएको देखिन्छ। त्यहाँको सूइरो हेर्दा अहिलेसम्म १७-१८ जनाले जिब्रो छेडाएको हुनुपर्ने स्थानीय बताउँछन्।

जात्राको किंवदन्तीअनुसार थिमिमा पहिले भूत, प्रेत, पिसाचले दुःख दिन्थ्यो। त्यही भूतप्रेत भगाउन तान्त्रिक व्यक्तिले बालकुमारीको साधना गरी आफ्नो साहस देखाउन जिब्रो छेडेर भूतप्रेतलाई नै तर्साएपछि उनीहरु भागे र पछि आएनन्। त्यसैले स्थानीयलाई दुःख दिने भूतप्रेत भगाउन मध्यपुरथिमीको श्रेष्ठ थरका साहसी व्यक्तिले हरेक वर्ष जिब्रो छेड्ने परम्परा चलाएको स्थानीय बताउँछन्।

प्रकाशित: Sep 10, 2022| 19:50 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।