काठमाडौं- एसियन गेम्स अन्र्तगतको जुडोको ७८केजी तौल समूहमुनि नेपालकी पुनम श्रेष्ठ रेपिचेजमा पराजित भएकी छन्। शुक्रबार भएको खेलमा पुनम रेपिचेजमा काजकस्तानकी जरिना राइफोभासँग १०–३ ले पराजित भइन्।
३ मिनेट २ सेकेन्ड टिकेकी पुनमले ३ सिदो पाइन् । पुनमले पनि विपक्षी खेलाडीमाथि १ सिदो लिन सफल भएकी थिइन्। यसअघि क्वाटरफाइनलमा युजिन पार्कसँग १०–२ ले पराजित भएपनि युजिन फाइनलमा पुगेका कारण पुनमले रेपिचेजको मौका पाएकी थिइन्।
पुनम पार्कसँगको खेलमा २ मिनेट ४४ सेकेन्ड टिकिन् । पुरुष ९० केजी तौल समूहमुनि श्रीराम मकाजु प्रि–क्वाटरफाइनलमा ताजिकिस्तानका कोमरोनसोख उट्सोपिरियोनसँग ११–२ ले पराजित भए । मकाजु विपक्षी खेलाडीसँग मात्रै १ मिनेट ५३ सेकेन्ड मात्रै टिक्न सफल भए।
पुरुष १०० केजीमुनिको प्रि–क्वाटरफाइनलमा रविन श्रेष्ठ उज्वेकिस्तानका शेराली जुरेभसँग १०–२ ले निराश बने। श्रेष्ठ ३ मिनेट २ सेकेन्डमा इप्पोन (नकआउट) भए । जुडोमा यसअघि नेपालका फूपुल्हामु खत्री, मनिता श्रेष्ठ प्रधान, सज्ति डंगोल, इन्द्र बहादुर श्रेष्ठ र देविका खड्का पराजित भैसकेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४