काठमाडौं- प्रख्यात दक्षिण भारतका कलाकार तथा राजनीतिज्ञ नंदमूरी हरिकृष्णको निधन बुधाबार कार दुर्घटनामा भएको थियो। उनी जस्तै धेरै कलाकारहरू दुर्घटनाका कारण ज्यान गुमाएका छन्। ११ जना भारतीय कलाकारले आफ्नो जीवनमा नचिताएको दुर्घटनाबाट ज्यान गुमाए। र एघार जना कलाकारमध्ये सात जना त ३० वर्ष भन्दा कम उमेरका थिए।
१ सौन्दर्या- अमिताब बच्चनसँग सुर्यवंशम फिल्ममा लीड हिरोइन सौन्दर्याको २००४ मा बेंगलुरमा इलेक्शन कैंपेनका बेला एयरक्राफ्ट क्रयास भएकोले उनको मृत्यु भएको थियो। त्यस बेला उनी जम्मा २८ वर्षको थिइन र दुइज्यानकी थिइन्।
२. दिव्या भारती- अप्रैल १९९३ मा मुम्बइको अधेरीमा स्थित तुलसी अपार्टमेन्टमा बाल्कोनीबाट खस्नाले दिव्य भारतीको निधन भएको थियो । त्यो बेला दिव्या भारती १९ सालकी थिइन्।
३. जसपाल भट्टी- उल्टा पुल्टा फ्लाँप शो जस्तो कमेडी शो र अ अब लौट चले जस्ता हिट फिल्ममा देखिएका हाँस्यकलाकार जसपाल भट्टीको निधन अक्टुबर २०१२ मा जालंधरको शाहकोट सडकमा दुर्घटना भएको थियो।
४. तरुणी सचदेव- तरुणीलाई मान्छेहरू रसना गर्लको रूपमा पनि चिन्दछन्। उनले फिल्म ‘पा’ मा अमिताभ बच्चनको साथीको भूमिका देखिएकी थिइन् । १४ जनवरी २०१२ १४ औं जन्मदिन नेपालमा प्लेन क्रयासका कारण निधन भएको थियो।
५ गगन कांग- टिवि सिरियल महाकालीमा इन्द्र देवको भूमिका गरेको गगन कांग अघिल्लो वर्ष १९ अगस्तमा कार दुर्घटना भएको थियो । उनको ३८ वर्षको उमेरमा मुम्बइ अहमदाबादको यात्रा क्रममा दुर्घटना भएको थियो।
६. अजीत लवानिया- २०१७ अगस्त १९ मा कार दुर्घटनाबाट ३० वर्षका अजीतको निधन भएको थियो । उनी टिभि सिरियल महाकालीमा नंदीको भूमिकामा देखिन्थे।
७. सोनिका चौहान- मोडल तथा टिभि होस्ट सोनिकाको २०१७मा कार दुर्घटनाबाट निधन भएको थियो । उनकै साथी विक्रम चटर्जीले चलाएको कारको दुर्घटना भएको थियो।
८. रेखा सिंधु- २२ सालकी रेखा सिंधु तमिल र कन्नड टिभि कार्यक्रमका लागि चर्चित थिइन। २०१७ मा चेन्नाइबाट बेंगलोर जाने हाइवेमा उनी कार दुर्घटनामा परेकी थिइन। जसका कारण ज्यान गुमाउनु पर्यो।
९. भूपति भरत राज- साउथ हिरो रवि तेजाका भाइ तथा भूपति भरतराजको निधन २०१७ मा निधन भएको थियो। उनले पनि कार दुर्घटनामा ज्यान गुमाएका थिए । साउथ फिल्मका राम्रा कलाकार थिए।
१०. यशो सागर- तेलुगु फिल्मका कलाकार यशो सागर पनि २०१२को कार दुर्घटनामा भएको थियो। उनी पनि ३० वर्ष पुगेका थिएन।
११. आनन्द अभयंकर- मराठी फिल्म र टिभिका प्रख्यात आनन्द अभयंकर वास्तव फिल्म र जिस देशमे गंगा रहता है जस्ता फिल्ममा उनले काम गरेका थिए। दिसंबर २०१२ मा मुम्बइ पुना एक्सप्रेस हाइवेमा कार दुर्घटनामा ४८ वर्षमा उनले ज्यान गुमाएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४