आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेले माग्यो उम्मेदवारको सिफारिसमा परेकालाई जायजेथासहितको तीनपुस्ते विवरण

एमालेले माग्यो उम्मेदवारको सिफारिसमा परेकालाई जायजेथासहितको तीनपुस्ते विवरण

निर्वाचनमा उम्मेदवार हुन सिफारिस भएकाले निर्वाचन आयोगले तोकेको मापदण्डअनुसार सबै विषय खुलाएर एमाले मुख्यालयमा पठाउन निर्देशन।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९

काठमाडौं– नेकपा एमालेले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण पठाउन निर्देशन दिएको छ। एमाले केन्द्रीय कमिटीको चौथो बैठकले २२ भदौसम्म उम्मेदवारको नाम सिफारिस गरी पठाउने निर्णय गरेको थियो।

National life

प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको नाम सिफारिस गर्ने काम धमाधम भइरहेको एमालेले बताएको छ। 

उम्मेदवारका रूपमा नाम सिफारिस भएका व्यक्तिको नाम पार्टी केन्द्रीय कार्यालय पठाउँदा निर्वाचन आयोगको अनुसूची १४ र १७ बमोजिमको मञ्जुरीनामामा हस्ताक्षर गर्नुपर्ने भएकाले सम्बन्धित कमिटीले उक्त अनुसूचीका साथै आवश्यक विवरण अनिवार्य संलग्न गरी पठाउन एमालेले आग्रह गरेको छ। 

एमालेले नाम सिफारिससँगै नेपाली नागरिकताको प्रमाणपत्र, सम्पत्ति विवरण फाराम (सिलबन्दी गरी पेस गर्न), मतदाता नामावलीमा नाम भएको विवरण पनि पठाउन भनेको छ। उक्त विवरणमा मतदाता क्रम संख्या, वडा नम्बर, गाउँ÷नगरपालिका, प्रदेश र जिल्ला उल्लेख गर्न भनिएको छ।

प्रकाशित: Sep 06, 2022| 15:39 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...