बिहीबार, साउन २१, २०८३

वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट निल सारु पाल्पा १ मा सिफारिस

विद्यार्थीकालदेखि अनेरास्ववियुको विभिन्न तहमा रही राजनीतिमा सक्रिय उनी हाल नेपाल उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य र नेकपा एमाले, पाल्पा काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष छन्।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९

पाल्पा- नेकपा एमाले पाल्पाले वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट निल सारु मगरलाई संघिय निर्वाचनको लागी पाल्पा जिल्ला क्षेत्र नं १ बाट संघिय सांसद उम्मेदवारको सिफारिश गरेको छ।

विद्यार्थीकालदेखि अनेरास्ववियुको विभिन्न तहमा रही राजनीतिमा सक्रिय उनी हाल नेपाल उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य र नेकपा एमाले, पाल्पा काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष छन्। त्यस्तै उनी धितोपत्र बोर्डको विज्ञ संचालकको रुपमा तीन बर्ष काम गरेको अनुभवसमेत छ।

संघिय सांसदको उम्मेदवारमा सिफारिस भएपछि बोल्दै चार्टड एकाउन्टेन्ट सारु मगरले पार्टीले पुस्ता हस्तान्तरण अभियान र युवाहरुको चाहना बमोजिम आफूले उम्मेदवारी दिएको बताए। आर्थिक नितीमा पिएचडी गरिरहेका सारुले नेताहरुले युवालाई विश्वास गरेर टिकट दिएको खण्डमा सम्पूर्ण अग्रज नेताहरुको योगदानको सम्मान गर्दै उहाँहरुको सल्लाह वमोजिम अगाडी बढ्ने र चुनावमा भारी मतान्तरका साथ विजयी हुने पनी बताए।

सांसद दल बहादुर राना, नेता ठाकुर गैरेलगायत पाल्पा क्षेत्र न. १ को पार्टीको भेलाले सारु मगरलाई संघीय सांसदमा सिफारिस गरेको नेकपा एमाले पाल्पाले जानकारी दिएको छ।


प्रकाशित: Sep 06, 2022| 12:25 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...