आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

निर्वाचनमा महिलाहरुको अर्थपूर्ण सहभागिताको माग

पार्टीले निर्वाचनमा महिला सहभागितालाई रणनिती बनाएर नै अगाडि बढाउनुपर्ने उनको धारणा छ। चुनावी खर्चको डर देखाएर उम्मेदवार बन्नै नदिने प्रवृत्ति हटाउनुपर्ने उनले माग गरिन्। 'पैसाको डर देखाएर खुट्टा तान्न छाडौँ, उम्मेदवारी दिन सक्ने बनाउन हामीले के गर्‍यौँ, समिक्षा गरौं,' उनले भनिन्।
 |  आइतबार, भदौ १९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

भरतपुर- आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा महिलाहरुको अर्थपूर्ण सहभागिताको बहस उठेको छ। भरतपुरमा आइतबार महिला महासंघ, संकल्प र स्वाम नेपालले आयोजना गरेको निर्वाचनमा महिला सहभागिता विषयक अन्तक्रिया कार्यक्रममा सरोकारवाला महिलाहरुले दलहरुले व्यवहारत महिला सहभागितालाई साघुरो बनाउर्दै गएको गुनासो गरे। 

triton college

दलहरुले सैद्धान्तिक रुपमा महिला सहभागितालाई जोड दिएपनि व्यवहारिक रुपमा भने फरक व्यवहार गर्ने एमाले बाग्मती प्रदेश कमिटी सदस्य शान्ति अधिकारी बताउँछन्। उनी भन्छन्, 'सबै पार्टीका कुरा सुन्दा राम्रो भएपनि व्यवहारमा अनुभुति गर्न पाइएको छैन। गत स्थानिय निर्वाचनको नतिजाबाट नै यो कुरा पुष्टि हुन्छ।'

पार्टीले निर्वाचनमा महिला सहभागितालाई रणनिती बनाएर नै  अगाडि बढाउनुपर्ने उनको धारणा छ। चुनावी खर्चको डर देखाएर उम्मेदवार बन्नै नदिने प्रवृत्ति हटाउनुपर्ने उनले माग गरिन्। 'पैसाको डर देखाएर खुट्टा तान्न छाडौँ, उम्मेदवारी दिन सक्ने बनाउन हामीले के गर्‍यौँ, समिक्षा गरौं,' उनले भनिन्।

नेकपा एमाले केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सांसद पार्वती रावल अब महिलाले आफ्नो धर्ती दाबा गर्ने बेला आएको बताउँछिन्। आसन्न मंसिर ४ गतेको निर्वाचनमा समानुपातिकतर्फ मात्र नभएर पत्यक्षतर्फ लड्न आट जुटाउनुपर्ने उनले उल्लेख गरिन्। उनले भनिन्, 'पुरुष अर्को जिल्लाबाट आएर त्यो क्षेत्रमा अस्तित्व जमाउन सक्छन्, महिलहरुले त्यहि जन्मेर त्यही कर्मथलो बनाउँदा  आफ्नो धर्ती दाबा गर्ने कि नाईं?'

सांसद रावलले महिलाहरुलाई अवसरको खाँचो रहेकाले दलहरुले त्यसतर्फ ध्यान दिनुपर्ने बताइन्। 'अहिले महिलालाई अवसरको खाचो छ। अवसर पाउदा आफ्नो क्षमता र कार्यसम्पदान उत्कृष्ट तवरले गर्न सक्छन् भन्ने पुष्टि भइसकेको छ,' उनले भनिन्। 

Metro Mart
vianet

महिलाको प्रतिनिधीत्व महिलाको सवाल मात्रै नभएर संवैधानिक र कानुनी अधिकार पनि रहेको उनको भनाइ थियो। यस्तै राप्रपा सहमहामन्त्री तथा प्रदेश सभा सांसद रिना गुरुङले पछिल्लो समय निर्वाचनमा हुने गठबन्धन तालमेलले ठूला पार्टीमा पनि महिला सहभागिता झनै खस्कीएको उल्लेख गरिन्। 'गठबन्धन हुँदा कुन दलले भन्दा पनि कुन नेताले टिकट पाउछ भन्ने स्थिती छ। त्यसमा नेताले टिकट पाउँछ, नेतृले  होइन,' उनले भनिन्। 

निर्वाचनमा पत्यक्षतर्फ पुरुष र समानुपातिकतर्फ महिला उठ्ने भन्ने मानसिकता परिवर्तन गर्नुपर्ने उनको धारणा छ। नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले पार्टीले उम्मेद्वार छनोट कार्यविधी बनाएकाले संविधानमा उल्लेख भएअनुसा ३३ प्रतिशत महिला सहभागितालाई नघटाउने दाबी गरे। 

'इच्छाअनुसार उम्मेद्वार दिनुस। विधीमा टेकेर पार्टीले नितीगत निर्णय गर्ने कुरामा चुक्दैन,' उनले भने। नेकपा एमाले चितवनका उपाध्यक्ष कमलराज पाठकले निर्वाचनमा महिला सहभागिताका सवालभन्दा पहिला निर्वाचन प्रणाली सुधार गर्नुपर्ने बताउँछन्। निर्वाचनमा आर्थिक चलखेलले महिला सहभागितालाई झनै पछि पारेको उनको भनाइ छ। 

'अहिलेको अवस्थामा पार्टीले टिकट दिएपनि भाग्नुपर्ने अवस्था छ। सामान्य मान्छेले चुनाव लड्न सक्दैन यसकै कारण महिला नेतृत्वलाई पार्टीले अगाडि बढाउन खोजेपनि पछि हट्नुपर्ने अवस्था छ,' उनले भने, 'यसको लागि निर्वाचन प्रणाली नै सुधार गर्नुपर्छ।'

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल आजको राजनितीको अभ्यास अनुसार पुरुषसरह महिलालाई प्रतिस्पर्धामा ल्याउन नसकेको स्वीकार्छन्। खनालले महिलाहरुलाई प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत उम्मेदवार बनाउन प्रयासरत रहेको बताए। उनले उम्मेदवारको टिकट लिने आँट गर्नुपर्ने बताए। 

राप्रपाकी पूर्व केन्द्रीय सदस्य पवित्रा जोशी निर्वाचनमा हुने अनावश्यक खर्चलाई कम गर्दै पार्टी विधीविधान अनुसार चलेमा स्वत महिला सहभागिता बढ्ने बताउँछिन्। नेकपा एमालेकी बाग्मती प्रदेश सदस्य सुनिता अधिकारी पुरुषमात्रै प्रतिस्पर्धा गर्न सक्षम र महिला कमजोर छन् भन्ने भ्रम हटाउनुपर्ने धारणा राख्छिन्। 'महिलाले घर गृहस्थीदेखि राज्यको नेतृत्व पनि समाहल्न सक्षम छन्। महिलाले टिको लगाएर मात्रै होइन् आफ्नो क्षमता कार्यकौशलका आधारमा पुरुषसँग प्रतिस्पर्धा गर्न सक्षम छन्,' उनी भन्छिन्। 


प्रकाशित: Sep 04, 2022| 22:10 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।