बिहीबार, वैशाख ३१, २०८३

'गुलाबजामुन' मा अभिषेक ऐश्वर्या एकसाथ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
मुम्बर्इ- ऐश्वर्या राय बच्चन फेरि आफ्नै पति अभिषेक बच्चनसँग देखिने भएकी छन्। 'गुलाबजामुन' फिल्म मार्फत आठ वर्षपछि सँगै देखिदै छन्। जसलाई अनुराग कश्यपले निर्देशन गर्दैछन्। 

यो भन्दा पहिला सन् २०१० मा मणिरत्नमको फिल्म ‘रावण’मा सँगै देखिएका थिए। बितेको तीन वर्षमा ऐश्वर्यले चार फिल्म गरिन् । अहिले अभिषेकसँग फिल्म गर्न पाउदा धेरै उत्साहित छिन्। 

लामो समयपछि अनुरागकै फिल्म मनमर्जियाबाट आउदै छन्। अब गुलाब जामुनमा पनि उनी अनुबन्धित भएका छन्।

फिल्म‘रात और दिन’को रिमेकमा नर्गिस दत्तको भूमिकामा ऐश्वर्या देखिदै छिन्। ४४ सालकी ऐश्वर्या हालै फिल्म फन्ने खाँमा देखिएकी थिइन्। 



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्