शनिबार, जेठ २, २०८३

पल शाहविरुद्धको मुद्दाको पेसी बुधबार

बुधबारको पेसीमा हुने थुनछेक बहसपछि अदालतले शाहलाई थुनामुक्त गर्ने वा थुनामै राख्नेमध्ये एक आदेश दिन सक्नेछ।
 |  मंगलबार, भदौ १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १४, २०७९

काठमाडौं– जिल्ला अदालत तनहुँले अभिनेता पल शाहविरुद्धको मुद्दाको पेसी भोलि बुधबारलाई तोकेको छ। बुधबारको पेसीमा हुने थुनछेक बहसपछि अदालतले शाहलाई थुनामुक्त गर्ने वा थुनामै राख्नेमध्ये एक आदेश दिन सक्नेछ। 

National life

अदालतकी वैतानिक वकिल ईन्द्रमाया थापाले भोलि पेसी तोकिएको र भोलि नै आदेश हुनसक्ने जानकारी दिइन्। नाबालिग गायिकाले आफूमाथि शाहले बिहे गर्ने आश्वासन दिई पटकपटक बलात्कार गरेको आरोप लगाएर तनहुँ र नवलपुर अदालतमा उजुरी दिएकी थिइन्। मुद्दा दायर भएपछि दुवैतर्फका जिल्ला अदालतले पुर्पक्षका लागि शाहलाई कारागार पठाउने आदेश दिएका थिए।

त्यसपछि शाहका कानुन व्यवसायीले दुवै जिल्लाको आदेश बदर गरी साधारण तारेख वा धरौटीमा छाड्न माग गरी उच्च अदालत पोखरामा निवेदन दिएका थिए। तर उच्च अदालतले पनि जिल्लाकै आदेश सदर गरेको थियो। घटना र घटनास्थल फरक भएकाले दुवैतर्फ पलविरुद्ध जबर्जस्ती करणीको मुद्दा चलिरहेको थियो।

बिहेको प्रलोभन देखाएर पटकपटक जबर्जस्ती करणी गरेको आरोप लगाएकी ती गायिकाले भने गत बैशाखमा दुवै अदालतमा बकपत्र दिन जाँदा आफूलाई पलले बलात्कार नगरेको, जाहेरी पनि अरुको उक्साहट र दबाबमा दिएको भन्दै बयान फेरेकी थिइन्।

यता नवलपुर अदालतले २१ भदौका लागि पेसी तोकेको छ। पललाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएपछि गत वर्ष चैत ३० यता उनी जिल्ला कारागार तनहुँमा छन्।

प्रकाशित: Aug 30, 2022| 17:02 मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।