शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उर्लेनीमा पहिरो : स्थानान्तरणसँगै नदी कटान र खेत संरक्षणको माग

उर्लेनीमा पहिरो : स्थानान्तरणसँगै नदी कटान र खेत संरक्षणको माग

तत्कालीन अवस्थामा ११ घरमात्रै जोखिममा रहे तापनि पहिराले आकार बढाएपछि थप १० घरसहित अहिले २१ घर उच्च जोखिममा रहेको उर्लेनीका पहिरो प्रभावित कान्छामान तामाङले जानकारी दिए।
 |  मंगलबार, भदौ १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १४, २०७९

सिन्धुपाल्चोक- गत साउन २७ गते गएको पहिराको कारण हेलम्बु गाउँपालिका-५ उर्लेनीमा २१ घर उच्च जोखिममा छन्। तत्कालीन अवस्थामा ११ घरमात्रै जोखिममा रहे तापनि पहिराले आकार बढाएपछि थप १० घरसहित अहिले २१ घर उच्च जोखिममा रहेको उर्लेनीका पहिरो प्रभावित कान्छामान तामाङले जानकारी दिए।

National life

अहिले गाउँपालिकाले उपलब्ध गराएको टेण्टमा बसेका प्रभावितले कष्टपूर्ण दैनिकी बिताइरहनुपरेको छ। पहिरो गएलगत्तै वडा कार्यालय र गाउँपालिकाले त्रिपाल, टेण्टलगायतका सामग्री उपलब्ध गराएको थियो। तत्कालै अन्यत्र सरेर बसेका प्रभावित स्थायीरूपमै स्थानान्तरण हुन चाहन्छन्।

उर्लेनीको बिसौनीबाट साप्रेसम्म करिब पाँच सय मिटर लामो पहिरो खस्दा त्यहाँका नागरिकको जनजीवन कष्टकर बनेको हो। तत्कालै २१ घर मात्र उच्च जोखिममा रहे पनि सिङ्गो गाउँ नै पहिराको जोखिममा रहेको तामाङले बताए। पहिराले बस्तीमात्र होइन, तालामाराङ खोला आसपासका सयौँ रोपनी खेतीयोग्य जमिनसमेत जोखिममा छन्।

हेलम्बु गाउँपालिका-५ मा पहिरो गएपछि दैनिक खोला बाढी आउने र मेलम्ची नगरपालिका-६ का नदीतटीय क्षेत्रका खेत धमाधम कटान भइरहेको स्थानीय सानोकान्छा तामाङले जानकारी दिए। यसका कारण केही बस्ती र खेतीयोग्य जमिन थप उच्च जोखिममा रहेको स्थानीयले बताएका छन्।

पहिरो प्रभावितसँग निरन्तर सम्पर्कमा रहेको बताउँदै वडाध्यक्ष दीपकुमार तामाङले प्रभावितको माग र आवश्यकताका आधारमा गाउँपालिका र अन्य निकायसँग स्थानान्तरणसँगै स्थायी आवास निमार्णका लागि पहल गर्ने बताए। 

उनले गाउँपालिकाको स्रोतले मात्रै नभ्याउने भन्दै प्रदेश र केन्द्र सरकारसँग पटक-पटक आग्रह गर्दा कुनै चासो नदिएकोप्रति गुनासो गरे। गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पहिराको उच्च जोखिममा रहेका स्थानको पहिचान गरी आगामी दिनमा स्थानान्तरणका लागि विज्ञसहितको टोलीलाई अध्ययन गर्न लगाउने बताए। 

आगामी दिनमा गाउँपालिकाबाट गर्नुपर्ने र गर्नसक्ने काम गर्न गाउँपालिका तयार रहेको अध्यक्ष शेर्पाले बताए। पहिराको जोखिम कायममै रहेकाले आवश्यक सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ। रासस

प्रकाशित: Aug 30, 2022| 14:15 मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।