शनिबार, जेठ २, २०८३

१४ वर्षपछि खुला भए पशुपतिका चार वटै ढोका

यसअघि तीन वटा ढोका खोलिँदै आएकामा पशुपतिनाथको पूर्वी ढोका २०६५ पछि पहिलो पटक मंगलबार दिनभरका लागि खोलिएको हो।
 |  मंगलबार, भदौ १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १४, २०७९

National life

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले हरितालिका तीज अवसरमा पशुपतिनाथ मन्दिरका चार वटै ढोका खुला गरेको छ। मंगलबार बिहान सवा ३ बजेदेखि नै पशुपतिका चार वटै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले बताए।

उनका अनुसार यसपालि दर्शनार्थीको सहजताका लागि पशुपतिको पूर्वी ढोका दिनभरि नै खुला गरिनेछ। यसअघि यो ढोका शिवरात्रिका बेला केही बेर खुलाइने गरिन्थ्यो।

पशुपतिनाथको पूर्वी ढोका २०६५ पछि पहिलो पटक मंगलबार दिनभरका लागि खोलिएको हो। पशुपतिनाथका मूल भट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वी ढोका बन्द गरिएको थियो।

प्रकाशित: Aug 30, 2022| 13:51 मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।