शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अतिक्रमित संरचना ३५ दिनभित्र हटाउन मध्यपुर थिमिको निर्देशन

अतिक्रमित संरचना ३५ दिनभित्र हटाउन मध्यपुर थिमिको निर्देशन

नगरपालिकाले सूचना जारी गर्दै अतिक्रमण गरी बनाइएका संरचना नहटाए कारबाही गर्ने चेतावनी दिएको हो।
 |  मंगलबार, भदौ १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १४, २०७९

National life

काठमाडौं–  भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सडक अतिक्रमण हुने गरी बनाइएका संरचना ३५ दिनभित्र हटाइसक्न निर्देशन दिएको छ। नगरपालिकाले सूचना जारी गर्दै अतिक्रमण गरी बनाइएका संरचना नहटाए कारबाही गर्ने चेतावनी दिएको हो।

अरनिको राजमार्ग, त्यसका सहायक मार्ग र नगरका भित्री सडक र क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्डविपरीत संरचना बनाइएको पाइएको नगरपालिकाले बताएको छ। सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी बनाइएका त्यस्ता संरचना ३५ दिनभित्र हटाउन र नहटाए कारबाही गरिने नगरपालिकाको भनाइ छ।

यस्तै, सार्वजनिक आवागमनमा बाधा पुग्ने गरी निर्माण सामग्रीलगायत अन्य सामग्री राख्नेलाई पनि त्यसो नगर्न नगरपालिकाले चेतावनी दिएको छ।

प्रकाशित: Aug 30, 2022| 12:25 मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।