शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दर खाने दिन मापसे गरेर सवारी चलाउने १७६ जना कारबाहीमा

दर खाने दिन मापसे गरेर सवारी चलाउने १७६ जना कारबाहीमा

दर खाने दिन सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार १ सय १६ जनालाई कारबाही गरेको छ।
 |  मंगलबार, भदौ १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १४, २०७९

National life

काठमाडौं– दर खाने दिन सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार १ सय १६ जनालाई कारबाही गरेको छ।

काठमाडौंका विभिन्न स्थानमा गरिएको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेका हुन्। कार्यालयका अनुसार कारबाहीम पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने १ सय ७६, लेन मिचेर सवारी चलाउने १ सय १७, रातो बत्तीको पालना नगर्ने २ सय ३०, हर्न निषेध क्षेत्रमा हर्न बजाउने ३ सय १२, नम्बर प्लेट नबुझिने तथा स्वरुप परिवर्तन गर्ने ६८ जना र अन्य विभिन्न कसुरमा २ हजार २ सय १३  चालक रहेका छन्।

कार्यालयले ट्राफिक नियमको पालना गरी सवारीसाधन चलाउन सबैलाई आह्वानसमेत गरेको छ।

प्रकाशित: Aug 30, 2022| 11:46 मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।