बुधबार, फागुन २०, २०८२

कोरोनाबाट कोरियामा एकैदिन ७१ जनाको मृत्यु

दक्षिण कोरिया, न्युजिल्याण्ड र मलेसियामा कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या अप्रत्यासित रूपमा बढेको छ।
 |  मंगलबार, भदौ १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १४, २०७९

सोल– दक्षिण कोरिया, न्युजिल्याण्ड र मलेसियामा कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या अप्रत्यासित रूपमा बढेको छ। चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार सोमबार दक्षिण कोरियामा ७१, मलेसियामा आठ र न्युजिल्याण्डमा ११ जनाको मृत्यु भएको छ।

दक्षिण कोरियामा महामारी साम्य हुने लक्षण देखिएको छैन। सोमबार एकै दिन ७१ जनाको मृत्यु भएको छ। सोमबार मध्यरात सार्वजनिक गरिएको विवरणअनुसार देशमा एक लाख १५ हजार छ सय ३८ जना नयाँ सङ्क्रमित थपिएका छन्। हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोड ३१ लाख ४२ हजार चार सय ७९ पुगेको सरकारी अधिकारीहरूले बताएका छन्। 

न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएअनुसार त्यहाँ भने अघिल्लो महिनाको तुलनामा नयाँ सङ्क्रमितको सङ्ख्या लगातार घटेको छ। एक महिनाअघि न्युजिल्याण्डमा दैनिक रूपमा १० हजारभन्दा बढी नयाँ सङ्क्रमित फेला परेका थिए। बिरामीहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

यसैबीच, मलेसियामा सोमबार मध्यरातसम्मको विवरणअनुसार आठ जनाले कोभिड–१९ बाट ज्यान गुमाएका छन्। हालसम्म मलेसियामा ३६ हजार दुई सय छ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ। 


kumari

प्रकाशित: Aug 30, 2022| 11:23 मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।