शनिबार, जेठ २, २०८३

चट्याङ लागेर रौतहटमा तीन जनाको मृत्यु

जिल्लाको गरुडा नगरपालिका-३ मलाही टोलको खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन जनाको मृत्यु भएको हो।
 |  मंगलबार, भदौ १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १४, २०७९

National life

रौतहट- मंगलबार बिहान रौतहटको एउटै गाउँमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ। जिल्लाको गरुडा नगरपालिका-३ मलाही टोलको खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेहरुमा मलाही गाउँकै ३९ वर्षीया सुदनीया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनएको छ। मृतक मध्ये सुदनीया र जगिया एउटै परिवारको रहेको प्रहरीले जानाएको छ।

चट्याङ लागेर एउटै गाउँमा तीन जनाको मृत्यु हुँदा सिंगो मलाही गाउँ शोकमग्न भएको छ। खेतमा कामगर्ने क्रममा चट्याङ लाग्दा सँगै रहेकी ४० वर्षीया सैलीदेवी सामान्य घाइते तथा एक दर्जन बढी महिला चट्याङबाट प्रभावित भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 30, 2022| 10:31 मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।