शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'आन्तरिक पर्यटकले मात्र होटल सञ्चालन गर्न समस्या भयो'

'आन्तरिक पर्यटकले मात्र होटल सञ्चालन गर्न समस्या भयो'

केही मात्रामा आन्तरिक पर्यटक आए पनि विदेशी पर्यटक शून्य हुँदा होटल सञ्चालनमा कठिनाइ आएको यहाँका व्यवसायी बताउँछन्।
 |  मंगलबार, भदौ १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १४, २०७९

लेखनाथ- लेखनाथस्थित बेगनास ताल वरपरका होटलमा बिदाका दिनमा आन्तरिक पर्यटक आउने गरेको भए पनि विदेशी पर्यटक नआउँदा व्यवसायी चिन्तित बनेका छन्।

National life

केही मात्रामा आन्तरिक पर्यटक आए पनि विदेशी पर्यटक शून्य हुँदा होटल सञ्चालनमा कठिनाइ आएको यहाँका व्यवसायी बताउँछन्। विदेशी पर्यटकमा कोरोनाको त्रास भने अझै हट्न सकेको छैन। कोरोनाकै कारण थला परेको पर्यटन व्यवसायलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन सरकारले छिटोभन्दा छिटो आफ्ना कार्यक्रम अगाडि ल्याउनुपर्ने माग व्यवसायीको छ।

बेगनास तालस्थित ग्राण्ड होटलका सञ्चालक दुर्गाप्रसाद अधिकारीले भने, 'नेपालमा विदेशी पर्यटक भित्र्याउन सरकारले केही न केही पहल गर्नु नै पर्छ। बिदाका दिन केही मात्रामा नेपाली पर्यटक आउने गरेको भए पनि त्यसले होटल धानिने अवस्था छैन।' 

सरकारी बिदाका दिन बेगनासमा पर्यटक घुम्न आउने क्रम सुरु भएको छ, एक–दुई जना कर्मचारी र आफैँले पनि पाउनालाई सेवा दिँदै आएका छौँ, होटल व्यवसायी अधिकारीले भन्नुभयो, 'बैंकको ब्याजले तिर्न सक्ने अवस्था छैन।'    

घरजग्गा धितोमा राखेर बैंकबाट ऋण लिएका छौँ, किस्ता र ब्याज तिर्न नसक्दा समस्यामा छौँ, होटल तथा रेष्टुराँ एशोसिएशन लेखनाथका पूर्वअध्यक्षसमेत रहेका अधिकारीले भने, 'व्यवसायीलाई राहत हुने गरी सरकारले ब्याज मिनाह गर्नुपर्छ।'

'घर भाडामा लिएर होटल सञ्चालन गर्ने कही व्यवसायी विस्थापित भइसकेका छन्, आफ्नै घरमा होटल सञ्चालन गर्नेले भने एक दुई जना कर्मचारी राखेर भए पनि होटल तथा रेष्टुराँ धानेका छौँ, भिजिट नेपाललाई लक्षित गरी लगानी बढायौँ तर कोरोना सङ्क्रमणकै कारण बैंकको ब्याज तिर्न कठिन भएको छ', होटल तथा रेष्टुराँ व्यवसायी अर्जुन लम्सालले भने, 'सरकारले व्यवसायीलाई राहतका प्याकेज ल्याउनुपर्छ।' 

लेखनाथमा दुई सयको हाराहारीमा होटल तथा रेष्टुराँ सञ्चालनमा छन् एशोसिएशनमा आबद्ध भने एक सय पाँच मात्र छन्, रिसोर्टदेखि साना होटलसम्म छन्। 'तीन वर्ष भयो गोरो छालाका पर्यटक देख्न पाएका छैनौँ, आन्तरिक पर्यटन फटफुट आएका छन्, जेनतेन त्यसैले धानिएका छौँ, बेगनासस्थित न्यू थकाली भान्साघरका सञ्चालक नितेश लालचनले भने,  'बिदाका दिन दिउँसोको खाजा खाने गरी केही आन्तरिक पर्यटन बेगनासमा आउने गरेका छन् यसले मात्र व्यवसाय धानिने अवस्था छैन।' 

बेगनासतालमा पाइने विभिन्न जात सहर, रहुँ, असला, नैनी, कमन, माहुर, तिलपियालगायतका माछाको स्वाद लिन यहाँ पर्यटक पुग्ने गर्छन्। सात तालको बगैँचा सहरको रुपमा परिचित लेखनाथमा यतिबेला अधिकांश पर्यटक पोखराबाट नै आउने गरेका बेगनास तालका होटल व्यवसायी चित्रबहादुर गुरुङले जानकारी दिए। -रासस

प्रकाशित: Aug 30, 2022| 09:20 मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।