शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कमेडियन अपूर्व क्षितिजलाई १० दिन थुनामा राख्न अनुमति

कमेडियन अपूर्व क्षितिजलाई १० दिन थुनामा राख्न अनुमति

सिंहलाई अनुसन्धानका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारीले १० दिनको म्याद दिएका हुन्।
 |  मंगलबार, भदौ १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १४, २०७९

National life

काठमाडौं- जातीय टिप्पणी गरेको आरोपमा पक्राउ परेका युट्यूव कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ। सिंहलाई अनुसन्धानका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारीले १० दिनको म्याद दिएका हुन्।

नेवा समुदायको भाषा, खाना, संस्कृतिलाई लक्षित गर्दै व्यंग्य गरेको भन्दै उनीविरूद्ध अभियन्ताहरूले कारबाहीको माग गर्दै परिसरमा जाहेरी दिएका थिए। जाहेरीपछि आइतबार परिसर पुगेका सिंहलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका सिंहमाथि अनुसन्धान थालेको परिसरले जनाएको छ।

उनीमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेदको १०को दफा १६५ को सामाजिक रितिस्थितिमा खलल पुर्‍याउन नहुने कसुरमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 30, 2022| 09:00 मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।