शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कञ्चनपुरमा तीन वर्षमा लागूऔषधका मुद्दा झन्डै तेब्बरले वृद्धि

कञ्चनपुरमा तीन वर्षमा लागूऔषधका मुद्दा झन्डै तेब्बरले वृद्धि

पछिल्लो समय कञ्चनपुर प्रहरीलाई नै चुनौतीको मुख्य विषय बनेको लागूऔषध नियन्त्रणमा प्रहरी सक्रियता बढेसँगै दैनिकजसो खैरो हिरोइन, चरेश, नाइट्राभेट लगायतका लागूऔषधसहित युवाहरू पक्राउ पर्ने गरेका छन्।
 |  मंगलबार, भदौ १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १४, २०७९

कञ्चनपुर- कञ्चनपुरका बितेका केही वर्षदेखि लागूऔषध दुर्व्यसन तथा कारोबारका मुद्दा बढ्दै गएका छन्। पछिल्लो समय कञ्चनपुर प्रहरीलाई नै चुनौतीको मुख्य विषय बनेको लागूऔषध नियन्त्रणमा प्रहरी सक्रियता बढेसँगै दैनिकजसो खैरो हिरोइन, चरेश, नाइट्राभेट लगायतका लागूऔषधसहित युवाहरू पक्राउ पर्ने गरेका छन्।

National life

चालू आर्थिक वर्षको झन्डै डेढ महिनामा ३ भारतीयसहित लागूपदार्थ मुद्दामा ३१ जनालाई पक्राउ गरिसकेको छ। ‘हरेक दिनजसो लागूऔषध कारोबार यससम्बन्धी कसूरमा पक्राउ नपरेको दिनै छैन,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरत गिरीले भने, ‘युवा पुस्ता लागूऔषधको दुर्व्यसनमा लिप्त रहेको घटनाक्रमले देखाउँदै गएको छ।’

उनले अभिभावक, समाज र स्थानीयदेखि माथिल्ला सरकारसम्मले लागूऔषध नियन्त्रणमा ध्यान नदिए अवस्था झन् चुनौतीपुर्ण बन्दै जानेप्रति सचेत गराए। चालू आवको साउनदेखि आजसम्मको तथ्यांकअनुसार १२७.०१ ग्राम लागूऔषध खैरोहिरोइन, २.२४ ग्राम चरेश, नाइट्राभेट २५५ ट्याबलेट लगायतका लागूपदार्थ प्रहरीले बरामद गरेको छ।

‘चालू आवमा लागूऔषध सम्बन्धी ११ मुद्दा दर्ता भएर अनुसन्धान प्रक्रिया अघि बढेको छ,’ प्रहरी निरीक्षक गिरीले भने, ‘पछिल्लो समय डरलाग्दो रूपमा लागूऔषध दुर्व्यसन बढेको देखिन्छ।’

जिल्लाभर सादा पोसाकदेखि मातहतका प्रहरी युनिट लागूऔषध नियन्त्रणमा खटिनुका साथै जिल्ला प्रहरी र सामुदायिक प्रहरी र ट्राफिक कार्यालय लागूऔषध सचेतना सम्बन्धी जनचेतानामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन्। आर्थिक वर्ष २०७६/०७७ मा ५५ लागूऔषध सम्बन्धी मुद्दा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा गत आर्थिक वर्ष २०७८/०७९ मा १४३ मुद्दा दर्ता भएर कारबाही अघि बढेको प्रहरीले जनाएको छ। 

भारतसित खुला सीमानाका जोडिएको कञ्चनपुरमा पुनर्वास, बेलौरी, बेल्डाँडी र दोधाराचादँनी नगरपालिका क्षेत्रबाट लागूऔषधसहित ओसारपसारमा संलग्नहरू बढी संख्यामा पक्राउ परेको प्रहरी तथ्यांकले देखाएको छ। जिल्ला प्रहरी कार्यालयले २०७६ सालयता हालसम्म लागूऔषध ओसारपसारमा संलग्न ३३  भारतीयलाई कारबाहीको दायरामा ल्याइसकेको छ। प्रहरीले केही बर्षअघि बेलौरी नगरपालिकाको सीमाक्षेत्रमा लागूऔषध पैठारीमा संलग्नहरूसित दोहोरो झडप हुँदा १ भारतीय तस्कर प्रहरीको गोली लागेर मृत्यु समेत भएको थियो।

यसैगरी आर्थिक वर्ष २०७७/०७८ मा  प्रहरीले लागूऔषध सम्बन्धी १४१ मुद्दा चलाएर कारबाही गरेको थियो। सो आर्थिक बर्षमा १० भारतीयसहित २३० जना पक्राउ परेका प्रहरीले जनाएको छ। २०७८/०७९ मा १४३ मुद्दामा १३ भारतीयसहित २३९ जनालाई कारबाहीको दायरामा ल्याइएको प्रहरी तथ्यांकले देखाएको छ। जसमा ८ जना महिला पनि छन्।

गत वर्ष प्रहरीले ३३ किलो ९८५ ग्राम चरेश, ५८०.०६० ग्राम खैरोहिरोइन, नाइट्राभेट ट्याबलेट १ हजार ७४८ लगायतका लागूऔषध समेत बरामद गरेको थियो। जिल्लामा रहेको स्थानीय सरकार, स्थानीय प्रशासन, विभिन्न दातृ संघसंस्थाहरू लागूऔषध न्यूनीकरणका लागि सक्रिय रहे पनि खुला सीमानाका कारण चुनौती बनेको छ। लागूऔषध कारोबारीलाई भारतीय पक्षले सीमा क्षेत्रमा कडाई नगर्दा समेत यहाँ लागूऔषधको कारोबार बढेको हो।

यहाँस्थित धुम्रपान निषेधका अभियन्ता मदन चन्दले आफूहरू विद्यालयमा लागूऔषध न्युनीकरणका लागि सचेतनामूलक कक्षा सञ्चालन गरिरहेको बताए। ‘लागूऔषध रोकथामका लागि बुवाआमादेखि विद्यालयमा शिक्षकहरूसम्मलाई सचेत गराउनपर्ने देखियो,’ उनले भने, ‘लागूऔषधको शिकार टिनेजर केटाहरू बढी छन्।’

लागूऔषध नियन्त्रणका लागि सरकारको कडा निगरानी आवश्यक रहेको जनाउँदै विद्यालय स्तरमा समेत यसको रोकथामका लागि अग्रसर हुनुपर्ने बताए। ‘छोराछोरीलाई अभिभावक र शिक्षकहरूले निगरानी गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘प्रहरी प्रशासनले मात्रै सचेत र कारबाही गरेर पुग्दैन।’

उनले बस्तीमा आमा समूह र क्लब पनि लागूऔषध नियन्त्रणमा लाग्नुपर्नेमा अभियान्ता चन्दको भनाइ छ। रासस

प्रकाशित: Aug 30, 2022| 07:43 मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।