बुधबार, फागुन २०, २०८२

स्वीडेनको पानी जहाजमा आगो लागेपछि...

स्वीडेनको तटीय क्षेत्रमा सोमबार ३०० जना सवार एउटा पानीजहाजमा लागेको आगो नियन्त्रणमा आएको स्वीडेनको सुरक्षाकर्मीले जनाएको छ।
 |  मंगलबार, भदौ १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १४, २०७९

kumari

स्वीडेन- स्वीडेनको तटीय क्षेत्रमा सोमबार ३०० जना सवार एउटा पानीजहाजमा लागेको आगो नियन्त्रणमा आएको स्वीडेनको सुरक्षाकर्मीले जनाएको छ। उक्त घटनामा सबै यात्रु सकुसल रहेको र उनीहरूलाई गन्तब्यतर्फ पठाउने तयारी भइरहेको छ। 

स्वीडेनको समुद्री प्रशासन कार्यालयका प्रवक्ता जोनास फ्रान्जेनले जहाजको डेकमा आगो लागेको र आगो निभाउन तीन वटा हेलिकप्टर र सातवटा जहाज घटनास्थलमा पठाइएको बताउनुभएको थियो। जहाजलाई खाली गर्ने काम पनि सुरु गरिएको थियो। 

आगलागीबाट तत्काल कुनै क्षति भएको खबर प्राप्त भएको छैन भने आगलागीको कारण भने खुल्न सकेको छैन। स्टेना स्क्यान्डिका नामक उक्त जहाज स्वीडेनको दक्षिणपूर्वी तटमा रहेको गोट्स्का स्यान्डन टापुमा रहेको समय आगलागी भएको थाहा भएको थियो। 

प्रकाशित: Aug 30, 2022| 00:10 मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।