बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • दक्षिण पाकिस्तानमा डुंगा दुर्घटना सात जनाको मृत्यु, १३ बेपत्ता

दक्षिण पाकिस्तानमा डुंगा दुर्घटना सात जनाको मृत्यु, १३ बेपत्ता

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा सोमबार डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित सात जनाको मृत्यु हुनुका साथै अन्य १३ जना बेपत्ता भएका छन्।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

इस्लामावाद- पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा सोमबार डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित सात जनाको मृत्यु हुनुका साथै अन्य १३ जना बेपत्ता भएका छन्।  

कम्तीमा २० जना सवार डुङ्गा सिन्धु नदी हुँदै जाँदै गर्दा प्रान्तको सेहवान सरिफ क्षेत्रमा बाढीको बहावमा फसेपछि पल्टिएको समाचारमा जनाइएको छ। उद्धार टोलीले सात जनालाई पानीबाट मृत अवस्थामा निकालेका छन् भने नदीमा बेपत्ता भएकाहरुको खोजी गरिरहेको छ।

मुसलधारे मनसुनी वर्षाका कारण पाकिस्तानमा ठूलो क्षति पुगेपछि पाकिस्तानका पहाडी क्षेत्रका नदी नाला र समथर भूभागमा पनि ठूलो बाढी आएको छ।

देशको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार देशका ७२ जिल्लालाई आपतकाल घोषणा गरिएको छ भने तीन करोड ३० लाखभन्दा बढी जनसङ्ख्या बाढीबाट प्रभावित भएका छन्।

एनडीएमएको तथ्याङ्कअनुसार जुन १४ देखि अहिलेसम्म वर्षा र बाढीसँग सम्बन्धित छुट्टाछुट्टै दुर्घटनामा परी एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने १५ हजारभन्दा बढी घाइते भएका छन्।

kumari

प्रकाशित: Aug 29, 2022| 23:50 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।