शनिबार, जेठ २, २०८३

जबरजस्ती करणी अभियुक्त तीन वर्षपछि पक्राउ

सङ्खुवासभाको पाँचखपन नगरपालिका–१ का २३ वर्षीय महेन्द्र लिम्बुलाई इलाका प्रहरी कार्यालयले चैनपुर–४ बतासेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

संखुवासभा- जबरजस्ती करणी उद्योगका फरार अभयुक्त तीन वर्षपछि पक्राउ परेका छन्।

National life

सङ्खुवासभाको पाँचखपन नगरपालिका–१ का २३ वर्षीय महेन्द्र लिम्बुलाई इलाका प्रहरी कार्यालयले चैनपुर–४ बतासेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए।

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा लिम्बुलाई उच्च अदालत विराटनगर धनकुटाले १८ वर्ष कैद सजाय गर्न आदेश दिएको अदालतका श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए।

उच्च अदालत विराटनगर धनकुटा इजलासका न्यायाधीश गणेश ठाकुर र छुर्पा तामाङको २०७८ मङ्सिर २९ गते इजलासले १८ वर्ष कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट रु १५ हजार जरिवाना भराउन आदेश दिएको थियो। पक्राउ परेका लिम्बुलाई प्रहरीले सोमबार जिल्ला अदालमा बुझाएको छ।

प्रकाशित: Aug 29, 2022| 22:00 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।