शनिबार, जेठ २, २०८३

नेपाली सिक्न चाहनेलाई ‘शब्ददेखि वाक्यसम्म’ उपहार

‘नेपाली डायस्पोराको दोस्रो पुस्तालाई नेपाली भाषा सम्बन्धमा कसरी सहयोग गर्न सकिन्छ भनेर चिन्तन गर्दै जाँदा पुस्तकले यो स्वरुप प्राप्त गर्‍यो,' लेखक शिवाकोटीले भने।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

काठमाडौं- नेपाली भाषा सिक्नेहरुका लागि लक्षित गररे ‘शब्ददेखि वाक्यसम्म’ पुस्तक प्रकाशित भएको छ। संयुक्त राष्ट्रसंघीय निकायमा काम गरेका र हाल अमेरिकास्थित डेन्वर साउथ हाइ स्कुल कोलोराडोमा प्राध्यापन गर्दैआएका माधव शिवाकोटीले पुस्तक प्रकाशनमा ल्याएका हुन्। 

National life

‘नेपाली डायस्पोराको दोस्रो पुस्तालाई नेपाली भाषा सम्बन्धमा कसरी सहयोग गर्न सकिन्छ भनेर चिन्तन गर्दै जाँदा पुस्तकले यो स्वरुप प्राप्त गर्‍यो,' लेखक शिवाकोटीले भने। पुस्तिक, अनौपचारिक शिक्षा विधिको प्रयोग गरिएको छ। तसर्थ, सिधा शब्दबाट सिकाइ शुरू हुने उनको भना छ। 

आफैले सिक्न वा सिकाउन अझै सजिलो होस् भनेर नेपालीमा अडियो रेकर्डिङ पनि राखिएको छ। सम्बन्धित पाठ हेर्दै उक्त रेकर्डिङ सुन्दै नेपाली सिक्न सकिने उनले भने। साथमा नेपाली शब्दलाई रोमन र अंग्रेजीमा अनुवाद पनि गरिएको छ। 

एक सय ४० पृष्ठको यस पुस्तकमा नेपाली चाडबाड, स्मारक र परिवेशका साथ नेपाली भाषा सिकाउने प्रयास गरिएको छ। पुस्तकले नेपाली मौलिक परिवेशका माध्यमबाट भाषा सिकाउने प्रयत्न गरेको छ।

हाल डिजिटल भर्सनमा थुप्रै डटकमले प्रकाशित गरेको यो पुस्तक बजारमा ल्याएको छ। 


प्रकाशित: Aug 29, 2022| 18:42 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।