बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नागरिकता विधेयकबारे राष्ट्रपतिलाई प्रष्ट पारेका छौँ : सरकार प्रवक्ता

नागरिकता विधेयकबारे राष्ट्रपतिलाई प्रष्ट पारेका छौँ : सरकार प्रवक्ता

'बैठकमा नागरिकता विधेयकका विषमया छलफल भयो। ओली सरकारले नै नागरिकता अध्यादेश ल्याएको थियो। त्यही अध्यादेशमा भएका व्यवस्थालाई विधेयकमा राखेर हामीले प्रतिनिधि सभाबाट पारित गरेका छौँ,' मन्त्री कार्कीले भने, 'यही कुरा राष्ट्रपतिलाई जानकारी गराएका छौँ।'
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

काठमाडौं- नेपाल सरकारमा प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिक विधेयकका विषयमा राष्ट्रपतिलाई प्रष्ट पार्ने काम भएको जानकारी दिएका छन्। सोमबार राष्ट्रपतिलाई भेट्न पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालगायतका सरकारका मन्त्री र कांग्रेसका नेताहरुले राष्ट्रपति भण्डारीलाई विधेयकका विषयमा प्रष्ट पारेको मन्त्री कार्कीले जानकारी दिएका हुन्। 

National life

'बैठकमा नागरिकता विधेयकका विषयमा छलफल भयो। ओली सरकारले नै नागरिकता अध्यादेश ल्याएको थियो। त्यही अध्यादेशमा भएका व्यवस्थालाई विधेयकमा राखेर हामीले प्रतिनिधि सभाबाट पारित गरेका छौँ,' मन्त्री कार्कीले भने, 'यही कुरा राष्ट्रपतिलाई जानकारी गराएका छौँ।' मन्त्री कार्कीका अनुसार भेटमा चुनावसहितका राजनीतिक विषयमा समेत कुराकानी भएको थियो। 

दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि पठाएको विधेयक  राष्ट्रपतिले फिर्ता गरेपछि पछिल्लो समय नागरिकता विधेयकको विषय पेचिलो बनेको छ। एमालेले अझै पनि विधेयक राष्ट्रघाती भएको भन्दै पारित गर्न नहुने बताउँदै आएको छ। 

प्रतिनिधि सभाले पुनः पारित गराएर पठाएको विधेयक राष्ट्रिय सभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ।

प्रकाशित: Aug 29, 2022| 16:33 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...