बुधबार, जेठ २७, २०८३

वैवाहिक अंगीकृतमा ७ वर्षे सीमा राख्ने प्रस्ताव मेरै हो : प्रचण्ड

‘म पनि राज्य व्यवस्थामा थिएँ । मैले भनेको हो, भारत र नेपालको बराबरी गर्नु रामो हुन्छ,' उनले भने, 'कांग्रेस र अन्य (दल) सहमति भएनन्। सर्वसम्मत हुन नसकेपछि बहुमतले पारित गर्‍यौं। त्यो माओादी केन्द्रले जोड गरेर राखेको प्रावधान हो, अरुले होइन।’
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्षे समयसीमा राख्ने प्रस्ताव आफ्नो भएको दाबी गरेका छन्। सोमबार राजधानीमा आयोजित पार्टीको कार्यक्रममा प्रचण्डले यस्तो दाबी गरेका हुन्। 

National life

'राज्य व्यवस्थामा शशी श्रेष्ठ सभापति भएको बेला वैवाहिक अंगीकृतको सवालमा ७ वर्षे प्रावधान राख्नुपर्छ भनेर जोड गरेको हामीले हो,'प्रचण्डको दाबी छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नमानेका कारण संसदको पूर्ण बैठकमा ७ वर्षे प्रावधानसहितको विधेयक पेस नै हुन नसकेको समेत उनले आरोप लगाए। 

‘म पनि राज्य व्यवस्थामा थिएँ । मैले भनेको हो, भारत र नेपालको बराबरी गर्नु रामो हुन्छ,' उनले भने, 'कांग्रेस र अन्य (दल) सहमति भएनन्। सर्वसम्मत हुन नसकेपछि बहुमतले पारित गर्‍यौं। त्यो माओादी केन्द्रले जोड गरेर राखेको प्रावधान हो, अरुले होइन।’

राज्य व्यवस्थाले बहुमतका साथ पास गरेको प्रतिवेदन संसदको पूर्ण बैठकमा लैजान आफूले पटक-पटक ओलीलाई आग्रह गर्दा पनि नमानेका कारण ४ वर्ष संसद र संसदीय समितिले काम गरेको विधेयक अघि बढ्न नसकेको उनको भनाइ छ। तर विधेयक अघि नबढाएर ओली सरकारले पछि पुनः अध्यादेश ल्याएको समेत उनको भनाइ छ। एमाले अध्यक्ष केपी ओलीले नाकाबन्दीको बेलामा जस्तै भोट आउँछ भनेर वैवाहिक अंगीकृतको मुद्दा उचालेको प्रचण्डको आरोप छ। 

प्रकाशित: Aug 29, 2022| 16:22 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...