शुक्रबार, साउन २२, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाल र अस्ट्रेलियाबीच जलस्रोत व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

नेपाल र अस्ट्रेलियाबीच जलस्रोत व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

नेपाल र अस्ट्रेलियाबीच जलस्रोत व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

काठमाडौं- नेपाल र अस्ट्रेलियाबीच जलस्रोत व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। परराष्ट्र सचिव भरतराज पौड्याल र अस्ट्रेलियाली समकक्षी जान आडम्सबीच सोमबार अस्ट्रेलियाको क्यानबेरामा समझदारीपत्रमा हस्ताक्षर भएको हो। 

द्विपक्षीय वार्तापछि समझदारीपत्रमा हस्ताक्षर भएको क्यानबेरास्थित नेपाली दूतावासले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा सहभागी जल तथा ऊर्जा आयोगका सचिव दिनेश घिमिरे र अस्ट्रेलियाका परराष्ट्र सचिव आडम्सले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

मंगलबार पनि उनीहरूबीच दुईपक्षीय वार्ता हुने जानकारी दूतावासले दिएको छ। 

प्रकाशित: Aug 29, 2022| 15:32 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...