शुक्रबार, साउन २२, २०८३

तनहुँ १ बाट चुनाव लड्न रामचन्द्र पौडेलले दिए आवेदन

पौडेलले आफन्तमार्फत तनहुँको पार्टी कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ १ बाट उम्मेदवार बन्न आवेदन पेस गरेका छन्।

कांग्रेस तनहुँले संघीय र प्रदेश सभा सदस्यमा उम्मेदवार बन्न चाहने आकांक्षीका लागि सोमबारदेखि नाम दर्ता खुलाएको छ।

पौडेलले आफन्तमार्फत तनहुँको पार्टी कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्। पौडेले आकांक्षा राखेको क्षेत्रमा केन्द्रीय सदस्य गोविन्द भट्टराईले समेत उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै, समानुपातिकतर्फ दलितमा यमुना खड्का विकले नाम दर्ता गराएकी छन्।

तनहुँ क्षेत्र नम्बर १ प्रदेश (क) तर्फ प्रत्यक्षमा रघुनाथ पौडेल, अशोककुमार श्रेष्ठ, शेष मोहम्मद हनिफ (गोरा मियाँ) र सरिता गुरुङले नाम दर्ता गराएका छन्।

समानुपातिकतर्फ कल्पना पोख्रेल, अर्जुनबहादुर अधिकारी, राजकुमार श्रेष्ठ, आशा थापा, सहिदा खातुन, पवित्रा पौडेल, सुशीला शर्मा, ओजराज पौडेलको नाम दर्ता भएको छ।

जिल्ला सदस्य डम्बर अधिकारीले तनहुँ क्षेत्र नम्बर १ प्रदेश (ख) का लागि तथा समानुपातिकतर्फ रेशम गुरुङ, चिजा श्रेष्ठ, पुष्पादेवी श्रेष्ठ, प्रेमबहादुर गुरुङ र पवित्रा गौलीले आवेदन दिएका छन् ।


प्रकाशित: Aug 29, 2022| 13:21 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...