काठमाडौं– नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी पदाधिकारीसहित राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्ने भएका छन्।
राष्ट्रपति भण्डारीलाई भेट्न देउवा पार्टी पदाधिकारीसहित दिउँसो २ बजे शीतलनिवास जाने कार्यक्रम छ।
‘राष्ट्रपति भण्डारीलाई भेट्न जाने खबर पायौं’, कांग्रेसका एक पदाधिकारीले भने, ‘सरकारको प्रमुखभन्दा पनि कांग्रेसको पार्टी सभापति र पार्टी पदाधिकारीको हैसियतमा उनलाई भेट्न जान लागेका हौं।’
राष्ट्रपतिसँगको भेटमा हुने छलफलबारे भने केही जानकारी नभएको ती पदाधिकारीको भनाइ छ।