काठमाडौं– सभामुख अग्नि सापकोटाले त्रिभुवन विश्वविद्यालयभित्र भइरहेको अराजकता रोक्न सरकारलाई रुलिङ गरेका छन्।
सोमबार बसेको संसद् बैठकको सुरुमै एमाले सांसद प्रदीप ज्ञवालीले त्रिविमा सरकारको संरक्षणमा गुन्डागर्दी भएको दाबीसहित सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए।
विश्वविद्यालयमा भएको गुन्डागर्दीबारे कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा मौन बसेको भन्दै उनले आपत्ति जनाए। यसबारे गृहमन्त्री, शिक्षामन्त्री वा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै रुलिङ गर्न सभामुखसमक्ष उनले माग गरे।
आफूहरुको माग सम्बोधन नभए संसद् बैठक अगाडि बढ्न नसक्ने भन्दै एमाले सांसदहरु उठेपछि सभामुखले रुलिङ गरेका हुन्।