शुक्रबार, साउन २२, २०८३

ओलीले मिश्रलाई दिए एक मुठ्ठी सिक्का उपहार

विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

काठमाडौं- विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ।

आइतबार साँझ करिब अढाइ घन्टा आफूहरूबीच छलफल भएको मिश्रले सामाजिक सञ्जालमार्फत बताएका छन्। ओली निवास बालकोटमा साँझ ६ बजे भएको छलफल अढाई घण्टा चलेको उनको भनाइ छ।

'भेटमा आगामी निर्वाचन, देशको राजनीति/भू-राजनीति, विदेशी चासो/हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकतालगायत विषयमा कुराकानी भयो,' मिश्रले लेखेका छन्। ओलीको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्सा पारित गर्नु पूर्व भोगेका जटिलता लगायत विषयमा पनि कुराकानी भएको मिश्रको भनाइ छ।

भेटमा आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रुपैयाँको एक मुठ्ठी सिक्का ओलीले उपहार दिएको मिश्रले बताएका छन्।

मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्

ओलीजीसँग अढाई घण्टा!

“तपाईं धर्म-संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्छ?” मैले सोधेँ। उहाँले भन्नुभयो, “म अहिले पनि राती सुत्नुअघि कम्तिमा एक घण्टा पढ्छु।”

उहाँका कयौँ सहकर्मीले मलाई बताए अनुसार ओलीजी राती १२/०१ नबजि सुत्नु हुन्न, उहाँको उर्जा र लगन अनौठो छ।

ओलीजीसँग उहाँकै निवास बालकोटमा हिजो साँझ ६ बजेको लागि तय भएको भेट अढाई घण्टा चल्यो। आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हष्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नु पूर्व भोगेका जटीलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो।

सबै विषयमा धाराप्रवाह बोल्न सक्ने उहाँले मलाई भन्नुभयो, “तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला।”

अन्त्यमा, चुच्चे नक्शा सहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रूपैयाँको एक मुठ्ठी सिक्का अर्को कोठाबाट लेराएर उपहार दिनुभयो। भेटका लागि आभार प्रकट गर्दै म निस्किएँ!

प्रकाशित: Aug 29, 2022| 10:07 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...