शुक्रबार, साउन २२, २०८३

नेविसंघले शिक्षामन्त्रीलाई बुझायो २९ बुँदे ज्ञापन पत्र

नेापल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा देखा परेका समस्या समाधान गर्नलगायत विभिन्न शैक्षिक माग राखेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई २९ बुँदे ज्ञापत्र पत्र बुझाएको छ।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

काठमाडौं- नेापल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा देखा परेका समस्या समाधान गर्नलगायत विभिन्न शैक्षिक माग राखेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई २९ बुँदे ज्ञापत्र पत्र बुझाएको छ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पा नेतृत्वको टोलीले आइतबार मन्त्री पौडेललाई ज्ञापन पत्र बुझाएको हो। ज्ञापन पत्रमा शैक्षिक विकासका लागि तत्कालिन र केही संरचनागत समस्याको सम्बोधन गर्न माग गरिएको छ।

त्रिविलगायत विश्वविद्यालयमा भइरहेका बेथितिबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न पनि नेविसंघको माग छ।

यस्तै विश्वविद्यालयका पदाधिकारी र विद्यालयका प्रधानाध्यापक दलीय भागबन्डाका आधारमा गरिने विद्यमान प्रणाली अन्त्य गरी योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा नियुक्त गर्ने व्यवस्था गर्न पनि नेविसंघको माग छ।

मनपरि ढंगले शुल्क अशुल्ने मेडिकल तथा इन्जिनियरिङ तथा कानून विषय पढाइ हुने कलेजलाई नियमन गर्न पनि नेविसंघले बुझाएको विज्ञप्तिमा उल्लेख छ।

एसईई पास भई कक्षा ११ मा भर्ना भएका सबै विद्यार्थीलाई भर्नामा ५० प्रतिशत मिनाहा गर्न माग गरिएको छ।

सिटिईभिटीलाई प्रदेश संरचनामा विस्तार गर्न, उच्च शिक्षा हासिल गरेकालाई रोजगारी सिर्जना गर्न, एक विद्यालय एक नर्स व्यवस्था गर्न, शैक्षिक गुणस्तर अभिवृद्धि गर्न नेविसंघको माग छ।

नेविसंघले आफूहरूको माग यथाशक्य सम्बोधन नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन्।

प्रकाशित: Aug 29, 2022| 09:06 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...