शुक्रबार, वैशाख २१, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • 'अपग्रेड' हुने नेतालाई 'हेविवेट' र गठबन्धन तगारो, लुम्बिनीका यी नेताको चाहनामा लाग्न सक्छ 'ब्रेक'

'अपग्रेड' हुने नेतालाई 'हेविवेट' र गठबन्धन तगारो, लुम्बिनीका यी नेताको चाहनामा लाग्न सक्छ 'ब्रेक'

पाँचदलीय गठबन्धनमा हुने भागबण्डा कारण कतिपय नेताहरु प्रदेशमा रहनुपर्ने देखिएको छ भने नेकपा एमालेमा विगतदेखिको विरासतलाई निरन्तरता दिँदा ‘अपग्रेड’ हुनुपर्ने नेताहरु आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रदेशमै दोहोरिनु पर्नेछ। ‘हेविवेट’ नेताहरुका लागि मैदान छोड्नुपर्दा राष्ट्रिय राजनीतिमा जाने चाहनामा ब्रेक लाग्ने भएको हो।
 |  सोमबार, भदौ १३, २०७९

विनोद परियार

विनोद परियार

सोमबार, भदौ १३, २०७९

बुटवल- लुम्बिनी प्रदेशबाट ‘अपग्रेड’ हुने अर्थात् प्रदेशबाट संघीय संसद्मा जाने तरखरमा रहेकाहरुलाई आफ्नै पार्टीका ‘हेविवेट’ भनिएका नेता र गठबन्धन तगारो हुने देखिएको छ। एउटै व्यक्ति पटक पटक केन्द्रीय राजनीतिमा छाइरहनुपर्ने र सांसद भइरहनुपर्ने संस्कारका कारण पनि धेरैजसो नेताहरुले आफ्नो चाहना प्रकट नै गर्न नपाउने भएका हुन्। 

triton college

पाँचदलीय गठबन्धनमा हुने भागबण्डा कारण कतिपय नेताहरु प्रदेशमा रहनुपर्ने देखिएको छ भने नेकपा एमालेमा विगतदेखिको विरासतलाई निरन्तरता दिँदा ‘अपग्रेड’ हुनुपर्ने नेताहरु आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रदेशमै दोहोरिनु पर्नेछ। ‘हेविवेट’ नेताहरुका लागि मैदान छोड्नुपर्दा राष्ट्रिय राजनीतिमा जाने चाहनामा ब्रेक लाग्ने भएको हो। 

त्यसमध्येका एक हुन् लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी। नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य केसी प्रतिनिधिसभामा जाने चाहना राखे पनि पार्टीका उपमहासचिव एवं प्रभावशाली नेता वर्षमान पुन ‘अनन्त’का कारण रोकिनु पर्नेछ। उसै पनि केन्द्रीय राजनीतिमा प्रभावशाली नेता पुनले रोल्पा तत्काल छोड्ने सम्भावना छैन। एकमात्र निर्वाचन क्षेत्र रहेको रोल्पाबाट प्रतिनिधिसभाका लागि वर्षमान नै निर्विकल्प हुन्।

गठबन्धनले आउँदो निर्वाचनपछि लुम्बिनी प्रदेशको मुख्यमन्त्री पाउने सहमति गरे प्रदेशमै उठ्ने अन्यथा नदोहोरिने केसी निकट स्रोतले बताएको छ। केसीले २०७४ को निर्वाचनमा एमाले माओवादीको गठबन्धन हुँदा रोल्पा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भएका हुन्। गठबन्धन हुँदा माओवादी उपमहासचिव पुनले मुख्यमन्त्री केसीलाई मात्रै रोक्ने छैनन्, कांग्रेस प्रदेश सभापति अमरसिंह पुन पनि प्रदेशमै रोकिनु पर्नेछ। दोस्रो संविधानसभा सदस्य बनेर केन्द्रीय राजनीतिमा राम्रो प्रभाव जमाएका पुनको पनि संघमै दाबी छ। 

‘रोल्पामा माओवादी बलियो शक्ति हो, यो कुरा हामीले स्वीकार गर्नुपर्छ,’ नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापतिसमेत रहेका अमरसिंहले भने, ‘स्वाभाविक रुपमा संघमा दाबी भए पनि हामीले माओवादीलाई छोड्नुपर्छ।’ उनले आफू प्रदेशमा सांसद बन्ने कि नबन्ने अहिले भन्ने अवस्था नभएको बताउँदै गठबन्धनमा जाँदा सबैले सबैको अस्तित्व स्वीकार गर्नुपर्ने बताए। यदि पुन प्रदेशसभामा निर्वाचन लडे उनलाई भावी मुख्यमन्त्री बनाउनु पर्नेछ। 

corrent noodles
Metro Mart
२०७४ सालमा गुल्मी क्षेत्र नम्बर १ को (क) बाट प्रदेशसभा जितेका बरालले उनको क्षेत्रमा कांग्रेसका उपसभापतिका प्रत्यासी समेत रहेका नेता डा. चन्द्र भण्डारीले गठबन्धनबाट टिकट पाउने सम्भावना बढी छ।

त्यसो त ‘हेविवेट’ नेताका कारण ‘अपग्रेड’ हुनबाट रोकिने नेतामा पर्छन्, नेकपा एमाले लुम्बिनीका उपाध्यक्ष प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भोज प्रसाद श्रेष्ठ। श्रेष्ठ २०७४ सालमा रूपन्देही क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभामा निर्वाचित भएका हन्। ‘मेरो चाहना राष्ट्रिय राजनीतिमा जोडिने छ, सकभर म प्रदेशसभामा दोहोरिने पक्षमा छैन,’ श्रेष्ठले भने।

उनले राष्ट्रिय राजनीतिमा जोडिने चाहना राखे पनि प्रतिनिधिसभा उम्मेदवार हुने सम्भावना निकै न्यून छ। उनको निर्वाचन क्षेत्र नम्बर २ मा ‘हेविवेट’ नेता पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल निर्विकल्प उम्मेदवार हुन्। ‘उपाध्यक्ष विष्णु पौडेल उठ्दा संघीय सांसदको उम्मेदवार म हुन्न, तर संघीय राजनीतिमा जाने इच्छा मैले पार्टीमा राख्दै आएको छुु,’ श्रेष्ठले भने। संघीय संसदमा पौडेल नै उम्मेदवार हुने तर समानुपातिक रुपमा भए पनि जाने इच्छा श्रेष्ठको रहेको बुझिन्छ। 

त्यस्तै, गुल्मीका नेकपा माओवादी केन्द्रका प्रदेश सांसद तथा पूर्वमन्त्री सुदर्शन बरालले पनि गठबन्धन हुँदा आफू अपग्रेड नहुने भयमा छन्। २०६३ मा संसद् पुनस्थापनासँगै अन्तरिम विधायक र २०६४ मा गुल्मी क्षेत्र नम्बर १ बाट संविधानसभा निर्वाचन जितेका बरालको चाहना संघमै हो। तर, सत्तारूढ गठबन्धनले चुनावी तालमेल गर्दा उनले प्रतिनिधिसभातर्फ कांगेसलाई छाड्नुपर्ने अवस्था देखिन्छ।  

२०७४ सालमा गुल्मी क्षेत्र नम्बर १ को (क) बाट प्रदेशसभा जितेका बरालले उनको क्षेत्रमा कांग्रेसका उपसभापतिका प्रत्यासी समेत रहेका नेता डा. चन्द्र भण्डारीले गठबन्धनबाट टिकट पाउने सम्भावना बढी छ। युवा नेता बरालले लुम्बिनी प्रदेशमा दोहोरिनुपर्ने अवस्था आए आफूलाई मुख्यमन्त्रीको रूपमा अगाडि सार्नुपर्ने दबाब दिएका छन्। ‘अहिले को कहाँबाट कसरी उठ्ने टुंगो लागेको छैन,’ बरालले भने, ‘मेरो चाहना संघमै हो, गठबन्धन हुँदा समझदारीमा हुन्छ।’ उनले आफूले कुनै शर्त अघि नसार्ने बरु गठबन्धनका उम्मेदवारलाई कसरी जिताउने भन्ने पक्षमा लाग्ने बताए।

त्यसो त प्यूठान निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट प्रदेशसभामा निर्वाचित नेकपा माओवादी केन्द्रका नेता प्रदेशका अर्थमन्त्री कृष्णध्वज खड्का पनि संघको दावेदार हुन्। खड्काले पनि गठबन्धन हुँदा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवं प्यूठानबाट प्रतिनिधिसभामा निर्वाचित दुर्गा पौडेललाई छाड्नुपर्ने हुन्छ। पौडेल गठबन्धनबाट उम्मेदवार हुने लगभग पक्का छ। यदि पौडेल नभएको अवस्थामा बामदेव गौतम हँसिया हथौडा चुनाव चिन्हबाट निर्वाचन लड्ने चर्चा पनि छ। 

यस्तै, प्यूठानकै नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य हरि प्रसाद रिजाल पनि पुनः प्रदेशमै दोहोरिनुपर्ने अवस्थामा छन्। संघमा उनले निर्वाचन लड्ने लबिङ गरे पनि स्थायी कमिटी सदस्य मणि थापा र पोलिटब्यूरो सदस्य सूर्य थापामध्ये एक जनाले टिकट पाउने निश्चित जस्तै छ। स्थायी कमिटी सदस्य मणि थापालाई उछिनेर सूर्य थापाले नै टिकट हत्याउने तयारीमा लागेको बताइएको छ। प्रदेश संरचनामा काम गरेर देखाउन नसक्ने भएपछि धेरैजसो नेताहरु संघमा जान इच्छुक देखिएका छन्। गठबन्धन र हेविवेट नेताहरुका कारण प्रदेशमा धेरै अनुहार दोहोरिन सक्ने सम्भावना देखिएको छ। त्यसो त लुम्बिनीमा माओवादीबाट निर्वाचित प्रदेश सांसद दिपेश थारू राजीनामा दिएर बर्दियामा गएको स्थानीय निर्वाचनमा मेयरमा निर्वाचित भएका छन्। 

लुम्बिनीमा प्रतिनिधिसभातर्फ २६ र प्रदेशसभाका ५२ निर्वाचन क्षेत्र छन्। कांग्रेसका प्रदेशसभा संसदीय दलका नेता वीरेन्द्रकुमार कनोडियाको मुख्यमन्त्री बन्ने चाहना पूर्ण हुन सकेन। प्रदेशसभाका बाँकी कार्यकाल आधा–आधा प्रदेशको नेतृत्व माओवादी र कांग्रेसले गर्ने सहमति भएपछि पनि निर्वाचन घोषणा भएसँगै सरकार फेरबदलको च्याप्टर क्लोज भयो। अब उनी फेरि प्रदेशको उम्मेदवार हुने कि नहुने दोधारमा छन्। एमाले केन्द्रीय सदस्य तथा प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालको पनि संघमा चाहना छ। ढकालका लागि राष्ट्रियसभा सदस्य खिमलाल भट्टराई तगारो बन्नेछन्। यद्यपि एमालेले बहालवाला राष्ट्रियसभा सदस्यले राजीनामा दिएर उम्मेदवार हुन नहुने भनेर बहस शुरु भएको छ। यदि यो प्रस्ताव पारित भएमा भने ढकाल संघकै उम्मेदवार हुनेछन्।

प्रकाशित: Aug 29, 2022| 07:33 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।