शनिबार, साउन २३, २०८३

भक्तपुर–२ मा बस्‍नेतविरुद्ध थापा र राणाको चर्चा

नेकपा एमालेका युवा नेता महेश बस्नेतले अघिल्लोपटक निर्वाचन जितेको सो क्षेत्रमा एमालेको गढ भत्काउनका लागि कांग्रेसले बलियो उम्मेदवार उठाउने भएको छ।
 |  आइतबार, भदौ १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १२, २०७९

भक्तपुर– नेपाली कांग्रेसले आसन्‍न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस गर्न जिल्ला तथा क्षेत्रीय समितिलाई निर्देशन दिएसँगै कांग्रेसवृत्तमा उम्मेदवारहरुबारे चर्चा सुरु भएको छ। 

यसैबीच भक्तपुरको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसबाट भक्तपुर सभापति दुर्लभ थापाको चर्चा छ। नेकपा एमालेका युवा नेता महेश बस्नेतले अघिल्लोपटक निर्वाचन जितेको सो क्षेत्रमा एमालेको गढ भत्काउनका लागि कांग्रेसले बलियो उम्मेदवार उठाउने भएको छ। जसमा थापा जिल्ला सभापति पनि भएको र उनीविरुद्ध बलियो उम्मेदवार हुनसक्ने आकलन कांग्रेस नेताहरुले गरेका छन्। 

भक्तपुर २ मा कांग्रेसबाटै पत्रकारसमेत रहेका कविर राणाले पनि आफ्नो दाबी गरिरहेका छन्। २०३६ सालमा नेपाल विद्यार्थी संघ हुँदै राजनीतिमा प्रवेश गरेका राणा २०४९ को स्थानीय निर्वाचनबाट जिल्ला विकास सदस्यमा निर्वाचित भएका थिए।

*सच्याइएको समाचार।


प्रकाशित: Aug 28, 2022| 18:04 आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...