काठमाडौं– प्रतिनिधिसभाबाट हुबहु पारित भएको नागरिकता विधेयक राष्ट्रियसभाले समितिमा पठाएको छ। राष्ट्रियसभाको आज आइतबारको बैठकले विधेयकलाई विधयान व्यवस्थापन समितिमा पठाएको हो।
आजै बसेको राष्ट्रियसभा बैठकमा सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिले पठाएको नागरिकतासम्बन्धी सन्देश सभासमक्ष जानकारी गराएका थिए। राष्ट्रियसभाको अर्को बैठक भदौ १६ गते अपरान्ह ३ बजे बस्ने गरी स्थगित भएको छ।
संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित पुनः संसदमै फिर्ता पठाएकी थिइन्। त्यसपछि भदौ २ मा नागरिकता विधेयक प्रतिनिधिसभाबाट हुबहु पुनः पारित भएको थियो।