काठमाडौं- नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४ सय ५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ।
एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीको आज बसेको बैठकले ३४ सदस्यीय केन्द्रीय सचिवालय समेत गठन गरेको छ। कमिटीको सचिवमा एमाले महासचिव विष्णु रिमाल चयन भएका छन्।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमाले अब प्रदेश, जिल्ला र गाउँपालिका तहसम्म निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनमा होमिने छ।
निर्वाचन कमिटीमा केन्द्रीय सदस्य, केन्द्रीय निकाय (परिषद् र आयोग) का पदाधिकारी, प्रदेश कमिटीका अध्यक्ष, जनसंगठनका अध्यक्ष र महासचिव तथा पार्टीका केन्द्रीय विभागका सचिव सदस्य छन्।